कुटपिट गर्ने प्रहरी निरीक्षकको पुत्ला दहन

जाजरकोट : जाजरकोटका एमाले नेता विश्वविक्रम शाहलगायत केही सर्वसाधारणलाई कुटपिट तथा दुव्र्यवहार गर्ने प्रहरी निरीक्षक सुनील थापा नेपालीको पुत्ला दहन गरिएको छ। गत २२ गते स्थानीय युवालाई उपचार गरिरहेको अवस्थामा प्रहरी निरीक्षक नेपालीको नेतृत्वमा आएको प्रहरी टोलीले एक्कासि आएर अन्धाधुन्ध लठ्ठी चार्ज गरेको र गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय लगेर थप यातना दिएको भन्दै स्थानीय युवाहरूले उनको पुत्ला दहन गरेका हुन्।
स्थानीय युवाहरूले बुधबार बेलुका ठाँटी बजारमा मसाल जुलुस निकाल्दै कुटपिट तथा दुव्र्यवहारमा संलग्न प्रहरी निरीक्षक सुनील थापा नेपालीको पुत्ला दहन गरेका छन्।
सयौं युवाको उपस्थितमा भएको उक्त मसला जुलुसलाई कोणसभा गरी समापन गरिएको थियो। कोण सभामा बोल्दै स्थानीय युवा दिनेश गौतमले सधैं न्याय को पक्षमा उभिने युवा समाजसेवी शाहलगायत स्थानीयलाई गरिएको दुव्र्यवहार र कुटपिटको घोर भत्र्सना एवं निन्दा गरे। साथै घटनाको निष्पक्ष छानबिनका लागि नागरिक अगुवा, मानवाधिकारकर्मी, पत्रकार, युवालगायतको सर्वपक्षीय छानबिन समिति बनाउन कडा माग गर्दै, गुन्डागर्दी शैलीमा प्रस्तुत भएका प्रहरी निरीक्षकलाई तत्काल निलम्बन गरी विभागिय कारबाही गर्न माग गरिएका छन्।
त्यस्तै अर्का स्थानीय युवा अनिशकुमार कार्कीले बोल्दै प्रहरी को ज्यादतीविरुद्ध खेद प्रकट गरेका छन्। उनले घटनाको छानबिन गरी यथाशक्य छिट्टै प्रतिवेदन सार्वजनिक गरेर दोषीउपर हदैसम्मको कारबाहीको माग गरेका छन्। साथै उनले आफूहरूका न्योचित मागहरूलाई अवमूल्यन गरिएमा थप कडा र सशक्त भएर संघर्षका कार्यक्रमहरू गरिने चेतावनी दिए।
भाइ नाता पर्ने मीनकृष्ण शाहको उपचारका लागि रोयल फार्मेसी ठाँटीमा उपचार गर्ने क्रममा प्रहरी आएर सिठी फुक्दै एक्कासि मेडिकल बन्द गर्न आदेश दिएका थिए। घाइतेको उपचार हुँदैछ। मेडिकल किन बन्द गर्ने भनेर विश्वविक्रमले भन्ने बित्तिकै बढी बोल्छस भनेर प्रहरीले निर्धात कुटपिट गरेको थियो। गुण्डागर्दी शैलीमा प्रहरीले गरेको कुटपिट र दुव्र्यवहारको स्थानीयले विरोध गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !
