ललितपुर महानगरका शिक्षा अधिकृत एक लाख घुस रकमसहित पक्राउ

सुन्नुहोस्
Powered by
ONE
काठमाडौंः ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल एक लाख घुस सहित पक्राउ परेका छन्।
शिक्षक सरुवा गर्न सहजीकरण गरिदिए वापत घुस मागेको सूचनाका आधारमा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले पौडेललाई उनकै कार्यकक्षबाटै नियन्त्रणमा लिइएको बताए। पौडेल महानगर शिक्षा महाशाखामा कार्यरत सातौं तहका कर्मचारी हुन्।
प्रतिक्रिया दिनुहोस !
