तेरमी पर्व मनाउँदैमार्फाली थकाली समुदाय

तेरमी पर्व मनाउँदैमार्फाली थकाली समुदाय
सुन्नुहोस्

जोमसोम : मुस्ताङको मार्फामा बसोबास गर्ने थकाली समुदायहरूको महान् पर्व ‘तेरमी’ गत बुधबारदेखि मुस्ताङमा जारी छ। मार्फाली थकाली समुदायले यो पर्व एक सातासम्म मनाउँछन्। थकाली समुदायअन्तर्गत थाकखोला क्षेत्रमा बसोबास गर्ने र अन्य थकाली समुदायले पनि ‘तोरन्ल’ र ‘त्युङ्ला’ पर्व हर्षउल्लासका साथ मनाउँछन्। तेरमी, तोरन्ल र त्युङ्ला पर्वको शाब्दिक अर्थ एउटै भए पनि मनाउने तरिका र विधि केही फरक पाइन्छ।

जन्मथलो मार्फामा यो समुदायले बर्सेनि ‘तेरमी’ पर्वलाई विशेष महत्वका साथ मनाउँदै आइरहेको पाइन्छ। फागु पूर्णिमाको समयमा मनाइने यो पर्व मनाइन्छ। तेरको अर्थ शुभ र मी को अर्थ सम्भ, काल र क्षण भन्ने बुझिन्छ। सारमा यो पर्व शुभ दिन, शुभ महिना, शुभ काल र क्षणको आगमन हुँदा मनाउने चलन रहेको मार्फाका स्थानीय दीपक लालचनले बताए। 

थकालीको तोरन्ल पर्व जस्तै मार्फाली थकाली समुदायको पर्व तेरमी बसन्त ऋतुको आगमनसँगै हर्षोल्लासमय वातावरणमा मनाइन्छ। यो पर्वको मुख्य विशेषता दिवंगत पित्तृलाई सम्झिएर पूजा गर्नु हो। थकाली समुदायका महिलाले मध्यरातमा उठेर तीन दिनसम्म पित्तृलाई चोखो पानी तथा खानेकुरा चढाउँछन्। यसरी पूजा गर्दा पित्तृको उद्धार भई आर्शिवाद दिने जनविश्वास छ।

यसो त मार्फाली समुदायले पर्व आउन केही दिनअघिबाटै आफ्नो घर आँगन चिटिक्क सिंगार्छन्। घरका पुराना भाँडावर्तन सफा गरी टिलिक्क टल्काएर सजाउँछन्। पर्वमा छोरी÷ज्वाइँ, भान्जा÷भान्जी र आफन्तलाई बोलाएर तेरमी पर्व मनाउँछन्। मिठो खाने, राम्रो लगाउने, तारा खेल्ने, सांस्कृतिक परम्पराअनुसार कर्म गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.