स्ववियू निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले गरे आगजनी (तस्बिर)

स्ववियू निर्वाचन : ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले गरे आगजनी (तस्बिर)
तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।

वीरगन्ज : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीले शुक्रबार आगजनी गरेका छन्। स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीले शुक्रबार विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन्।

मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थीलगायतका नेताहरु क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केहि विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाइएका हुन्।

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २३२ नामावलीमध्ये ८ सय फर्जि मतदाता रहेको विद्यार्थीले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिृकतका विद्यार्थी नेतासँग विवाद भएको थियो। विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई समक्ष राजीनामा पत्र बुझाएका छन्। 

आगलागिबाट फर्निचर जलेका छन्। आगजनीमा संलग्न रहेको आशंकामा प्रहरीले विद्यार्थी नेता सुजित गिरीसहित २ जनालाई नियन्त्रणमा लिएको छ। क्याम्पसमा तनाव सिर्जना भएपछि डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ।   nullnullnullnullnull
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.