ब्राउन सुगरसहित युवती पक्राउ

ब्राउन सुगरसहित युवती पक्राउ
सुन्नुहोस्

झापा : भित्री बस्त्रमा लुकाइछिपाई लागूऔषध ब्राउन सुगर नेपाल भित्राउने एक युवतीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। 

झापाको भद्रपुर–गलगलिया नाकाबाट ब्राउन सुगर भित्राउने बिर्तामोड नगरपालिका-१ स्थित हनुमानगर निवासी ३४ वर्षीया मञ्जु चापागाईंलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। 

शुक्रबार बिहान साढे १० बजेको समयमा प्र–१–०१–०१३ नम्बरको स्कुटर चढेर भारतबाट नेपालतर्फ आइरहेको उनलाई मेची पुल सीमामा तैनाथ सशस्त्र प्रहरीले शङ्का लागि चेकजाँच गर्दा उनले लगाएको भित्री वस्त्रबाट १९ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे नेतृत्वको टोलीले उनलाई ब्राउन सुगर, नेपाली ५ हजार ७५ रुपैयाँ र ७ सय ९९ भारतीय रुपैयाँसहित पक्राउ गरी आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको जनाइएको छ।     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.