बर्दिवासमा जग्गाको कित्ताकाट खुलाउने तयारी

बर्दिवासमा जग्गाको कित्ताकाट खुलाउने तयारी
सुन्नुहोस्

बर्दिवास : महोत्तरीको बर्दिवास नगरपालिकामा जग्गाको कित्ताकाट खुलाउने तयारी भएको छ।  जग्गाको कित्ताकाट खुलाउन गरिने जग्गा वर्गीकरणको काम सम्पन्न भएको बर्दिवास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीले जानकारी दिए।

जग्गा वर्गीकरणको काम सकिएसँगै बर्दिवास नगरपालिकाभित्र जग्गाको कित्ताकाट खुलाउने तयारी अन्तिम चरणमा पुगेको नगरप्रमुख क्षेत्रीले बताए। 

उनका अनुसार नगरपालिकाको ११ लाख ६४ हजार बजेटमा सेवा प्रदायक कम्पनी स्मार्ट सिटी विल्डर्सले जग्गाको वर्गीकरण गरेको हो।

सेवा प्रदायक कम्पनीले हस्तान्तरण गरेको उक्त जग्गा वर्गीकरण प्रतिवेदनलाई शुक्रबार बसेको नगरपालिकाको कार्यपालिका बैठकले अनुमोदन गरेको छ। 

कार्यपालिकाको निर्णयसहित आइतबार राजपत्रांकितमा प्रकाशित गरेर केन्द्रीय नापी कार्यालयमा पठाउने तयारी रहेको नगरप्रमुख क्षेत्रीले सुनाए। 

जग्गा वर्गीकरण गरी कित्ताकाट प्रक्रियामा बर्दिवास नगरपालिका मधेश प्रदेशकै पहिलो पालिका बनेको नगरप्रमुख क्षेत्रीले दाबी गरे। 

गत जेठ २७ गते भू-उपयोग ऐन २०७६ र भू-उपयोग नियामवली २०७९ ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रिपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू-उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरेको थियो। 

प्रक्रिया पूरा हुना साथ तुरुन्त कित्ताकाट गरेर बैंक कर्जा तथा जग्गा किनबेच गर्न सक्ने उनको भनाइ छ। लामो समयदेखि जग्गा वर्गीकरणकै अभावमा कित्ताकाट रोकिएको बेला बर्दिवास नगरपालिकाले जग्गालाई विभिन्न १० क्षेत्रमा वर्गीकरण गरेको छ। 

व्यवसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, कला संस्कृति तथा पुरातात्विक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल तथा सिमसार क्षेत्र र नेपाल सरकारबाट तोकिएको अन्य क्षेत्र गरी नगरभरीको जग्गालाई १० भागमा विभाजन गरिएको नगरप्रमुख क्षेत्रीले बताए।

जग्गा वर्गीकरण वैज्ञानिक ढंगबाट गरिएकाले कित्ताकाटमा कुनै समस्या नआउने सेवा प्रदायक कम्पनी विल्डर्सको दाबी छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.