झापामा 'कोशी'नाम विरूद्ध आन्दोलन : दुई दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा

झापामा 'कोशी'नाम विरूद्ध आन्दोलन : दुई दर्जन बन्दकर्ता प्रहरी नियन्त्रणमा
तस्बिर : पार्थ मण्डल
सुन्नुहोस्

झापा : कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै बन्द गराउँदै हिँड्ने करिब दुई दर्जन बन्दकर्तालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ । 

झापाको मेचीनगर, चाराआली, बिर्तामोड, दमकलगायत क्षेत्रबाट करिब दुई दर्जन बन्दकर्तालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । 

राजमार्ग र मुख्य बजार क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी परिचालन गरी बन्दकर्तालाई नियन्त्रण लिइरहेको डीएसपी रिजालले बताए । प्रहरी नियन्त्रणमा लिनेहरूमा जनता समाजवादी पार्टीका प्रदेश सदस्य गौरीमान राई, सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष सन्जुहाङ पालुङ्वाका छोरा साम पालुङ्वा, आदिवासी जनजाति महासंघका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, पवन मेचेलगायत रहेका छन् । 

बन्दका कारण लामो दुरी यातायातका सवारीसाधन ठप्प बनेको छ । छोटो दुरीका सवारीसाधन सञ्चालन भइरहेको डीएसपी रिजालले बताए । शैक्षिक संस्था पूर्ण रुपमा बन्द छ । बन्दकर्ताहरूले जबरजस्ती पसलहरू बन्द गराउँदै हिँड्नेपछि बिर्तामोडका साना व्यवसायीहरू त्यसको प्रतिकारमा समेत उत्रिएका छन् । 

यता विभिन्न राजनीतिक दल र जातीय सङ्गठनहरूले झापासहित पूर्वका १४ जिल्लामा आज बन्दको आव्हान गरेका छन् । गत फागुन १७ गते प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएसँगै त्यसको विरोधमा राजनीतिक दल र जातीय सङ्गठनहरू आन्दोलनमा उत्रिएका हुन् । छ वटा राजनीतिक दल र ३४ वटा जातीय सङ्गठनले बन्दको पूर्व सन्ध्यामा झापाका विभिन्न स्थानमा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै राँके जुलुस समेत प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.