चर्को ब्याजदरले उद्योग व्यापार टाट पल्टिँदा सरकार रमिते मात्र बन्यो : निजी क्षेत्र

चर्को ब्याजदरले उद्योग व्यापार टाट पल्टिँदा सरकार रमिते मात्र बन्यो : निजी क्षेत्र
वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभामामा सहभागी । तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

‘सरकार पनि सत्ताको जोडघटाउमा व्यस्त छन्, राष्ट्र बैंकका गर्भनर उद्योगी र बैंकबीच झगडा लगाएर बसेका छन् ।'

वीरगन्ज : बैंकहरुको चर्को ब्याजदरका कारण उद्योग व्यपार टाट पल्टने अवस्थामा पुग्दा समेत सरकार र राष्ट्र बैंक मुकदर्शक बनेर बसेको निजी क्षेत्रले आरोप लगाएको छ। आइतबार वीरगन्ज उद्योग वाणिज्य संघको ४७ औं वार्षिक साधारणसभामा उद्योगी व्यापारीले कोरोना महामारीले थलिएको निजी क्षेत्र विस्तारमै लयमा फर्कदै गरेका बेला अहिले बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुरयाएका कारण निजी क्षेत्र फेरि संकटमा परेको बताए।

 
उनीहरुले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर एकल अंकमा नझारे काठमाडौंमा मात्र नभइ देशभरमै उद्योगी व्यापारी सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले चर्को ब्याजदरका कारण उद्योग व्यवसाय टाट पल्टने अवस्थामा पुगिरहेका बेला राष्ट्र बैंकका गर्भनर भने हाँसेर बसेको आरोप लगाए।  श्रेष्ठले भने ,‘सरकार पनि सत्ताको जोडघटाउमा व्यस्त छन्, राष्ट्र बैंकका गर्भनर उद्योगी र बैंकबीच झगडा लगाएर बसेका छन्।'

उद्योग व्यापारीको समस्याबारे सरकार र राष्ट्र बैंकका गर्भनर जानकार भएरपनि बुझ पचाएर रमिते मात्र बनेको आरोप उनले लगाए। त्यसका कारण उनीहरुलाई दबाब दिन सडक आन्दोलनमा उत्रिन उनले देशभरका उद्योगी व्यापारीलाई आह्वान पनि गरे। 
श्रेष्ठले भने ,‘चर्को ब्याजदरले हामीलाई परेको अप्ठेरो बारे सबै जानकार छन् , तै पनि उनिहरु बुझ पचाएर बसेका छन्, यदि बुझेर पनि काम नगर्ने हो भने अहिले सरकारको नेतृत्व गरिरहेकाहरुलाई पनि सरकारमा बस्ने कुनै अधिकार छैन। '

चर्को ब्याजदरविरुद्ध अहिले काठमाडौंकेन्द्रित आन्दोलन भइरहेकोमा अब सोमबारदेखि भने देशव्यापी रुपमा अर्को चरणको आन्दोलन महासंघले घोषणा गर्ने उनले बताए। उनले भने,‘अबको आन्दोलन राष्ट्र बैंकदेखि संसद भवन घेराउ सम्मको हुनेछ। 

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एंव प्रदेश सरकारका पूर्वमन्त्री ओमप्रकाश शर्माले सरकार र राष्ट्र बैंकले उद्योगी व्यापारीलाई पिडा मात्रै दिने काम गरिरहेको बताए। शर्माले भने,‘अर्थतन्त्र जस्तो अवस्थाम पुगेपनि बैंकहरुलाई कुनै असर पुग्दैन किनकि उद्योगी व्यवसायीले ब्याज र ऋण तिर्न सकेन भने बैंकहरुले धितो लिलाम गरि आफनो ऋण असुलि हाल्छन् , सडकमा पुग्ने भनेका त उद्योगी व्यवसायी मात्रै हुन्।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.