कञ्चनपुरमा स्वाइन फिभरबाट बँदेलको मृत्यु

कञ्चनपुरमा स्वाइन फिभरबाट बँदेलको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

गत माघमा कञ्चनपुरको बेदकोट नगरपालिकाको एक बंगुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको थियो। त्यसको केही दिनपछि कृष्णपुर नगरपालिकाको बंगुर फार्म पनि संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ।

महेन्द्रनगर : कञ्चनपुरका बंगुर फार्ममा अफ्रिकन स्वाइन फिभरको संक्रमण तीव्र फैलिन थालेको छ। 

केही महिना यतादेखि यहाँको बेदकोट नगरपालिका र कृष्णपुर नगरपालिकाका केही बंगुर फार्ममा देखिएको यो भाइरस शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बदेलमा पनि देखिएपछि निकुञ्जभित्रका बँदेल सखाप हुने जोखिम बढेको छ। यसको कुनै उपचार नभएकाले संक्रमण फैलिए जनावरमा धेरै क्षति पुग्न सक्ने पशु चिकित्सकहरू बताउँछन्।

गत माघमा कञ्चनपुरको बेदकोट नगरपालिकाको एक बंगुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको थियो। त्यसको केही दिनपछि कृष्णपुर नगरपालिकाको बंगुर फार्म पनि संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ। 

‘कञ्चनपुरमा पहिलो पटक बेदकोट र कृष्णपुरको बँगुर फार्ममा संक्रमण देखिएको हो’, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका बरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले भने, ‘अहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि संक्रमण देखिएको छ आजै पुनर्वासमा पनि बंगुर मरेको खबर आएको छ।’ उनले यसको कुनै उपचार नभएकाले यसबाट बच्न बंगुर फार्मलाई सुरक्षित राख्नुपर्ने बताए। 

संक्रमणकै कारण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक बँदेलको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले निकुञ्जको बदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट बँदेलको मृत्यु भएको बताए। ‘गत १९ गते निकुञ्जमा गस्ती गरिरहेका बेला बँदेल मृत अवस्थामा भेटिएको थियो’, प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘चोटपटक नलागेको र जीउ सुन्निएको अवस्थामा देखेपछि परिक्षण गरिएको हो।’ उनका अनुसार काठमाडौको केन्द्रिय प्रयोगशालामा परिक्षण गर्दा बदेलमा अफ्रिकन स्वाइन फिभर देखा परेको हो। 

निकुञ्जभित्र संक्रमण देखिएपछि अन्य जनावरहरूमा समेत संक्रमणको जोखिम बढेको छ।  अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने पशु चिकित्सकहरू बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.