सांसद शर्माले गरे तिलागुफा नगर अस्पताललाई स्वास्थ्य साम्रग्री सहयोग

सांसद शर्माले गरे तिलागुफा नगर अस्पताललाई स्वास्थ्य साम्रग्री सहयोग
तिलागुफा नगर अस्पतालका लागि स्वास्थ्य सामग्री हस्तान्त्रण गर्दै सांसद शुनिल शर्मा । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरेन्द्रनगर : प्रतिनिधि सभा सदस्य डा.शुनिल शर्माले कालिकोटको तिलागुफा नगरपालिकास्थित नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । नोबेल मेडिकल कलेज बिराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत रहेका सांसद शर्माले दुर्गमका नागिकलाई गाउँमै स्वास्थ्य सेवा दिने उद्देश्यले तिलागुफा नगर अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । 

सांसद शर्माले एक्स रे मेसिन,इसिजी मेसिन र मनिटोरिङ मेसिन गरी ३३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्त्रण गरेका हुन् । यही फागुन ७ गते अछाम र कालिकोटमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न आउँदा तिलागुफा नगरपालिकामा भ्रमणमा पुगेका सांसद शर्माले तिलागुफा अस्पताल निरीक्षण पनि गरेका थिए । 

त्यतिबेला नगर अस्पतालमा अत्यावश्यक ती मेसिन सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार उनले एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरेका हुन्। मेडिकल व्यवसायी तथा समाजसेवी सांसद शर्माले दुर्गमका नागरिकलाई स्वास्थ्य उपचारमा सहजता होस् भनेर आफूले बर्सेनि निशुल्क स्वास्थ्य शिविरका साथै मेडिकल सामग्रीहरू सहयोग गर्दै आएको बताए । उनले भने, 'तिलागुफा नगरपालिकाले सञ्‍चालन गरेको नगर अस्पतालमा डाक्टरसहितको जनशक्ति हुँदा पनि स्वास्थ्य सामग्री अभावमा नागरिकहरु अत्यावश्यक सेवा लिन नपाएको नगरप्रमुखबाट जानकारी पाएँ । त्यसपछि तिलागुफा नगर अस्पतालमा इसिजी,एक्सरे लगायतका सेवाहरू संचालन हुँदा गाउँका नागरिकले सेवा पाऊन भनेर सहयोग गरेको हुँ ।'

तिलागुफा नगरपालिका प्रमुख शंकरप्रसाद उपाध्यायले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा नगर अस्पताललाई सुविधा सम्पन्न बनाउने अभियान चलिरहेका बेला सांसद शर्माले नगर अस्पतालमा अत्यावश्यक मेसिन सहयोग गरेर ठूलो गुन लगाएको बताए ।

 उनले भने,'हामीले पनि नगर अस्पताललाई व्यवस्थित बनाउन लागिपरेका छौँ । त्यसै बेला सांसद शर्माको सहयोगले तिलागुफा नगर अस्पतालको सेवा विस्तारमा ठूलो सहयोग पुगेको छ । '

उनका अनुसार तिलागुफा नगरपालिकाले अतिविपन्न नागरिकको निशुल्क  स्वास्थ्य बीमा र अन्य सबै नागरिकको ५० प्रतिशत छुटमा स्वास्थ्य बिमा गर्ने कार्यक्रम पनि सुरु गरिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा नगरपालिका भित्रका सबै परिवारको स्वास्थ्य बिमा अनिवार्य गरिसक्ने लक्ष्य राखेको छ । उनले भने, 'संविधानमा उल्लेख भएको स्वास्थ्यको मौलिक हकलाई कार्यान्वयन गर्न नगरपालिकाले स्वास्थ्य बिमालाई महत्व दिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.