झापामा नक्कली नेपाली र अस्ट्रेलियन नोट तथा लागू औषधसहित २ जना पक्राउ

झापामा नक्कली नेपाली र अस्ट्रेलियन नोट तथा लागू औषधसहित २ जना पक्राउ
सुन्नुहोस्

झापा : झापा प्रहरीले नक्कली नेपाली र अस्ट्रेलियन नोट र लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ । लागू औषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका साढे ५ बजे बिर्तामोड नगरपालिका– ४ मेघावारि निवासी २४ वर्षीय सुवास ताजपुरीयाको कोठा छापा मारेको थियो । 

प्रहरीले ताजपुरीयाको कोठाबाट प्रतिबन्धित लागू औषध र नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले जानकारी दिए । 

उनको कोठाबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने ४ ग्राम ३९० मिलिग्राम लिसाईलो पदार्थ, २८ पिस नाइट्राजेपाम ट्याब्लेट, एक हजार दरको ६० थान, पाँच सयको दुई थान नक्कली नेपाली नोट, तीन थान नक्कली अस्ट्रेलियन नोट, तीन हजार सक्कली नेपाली नोट, अन्य देशको ११ थान नोट, चार थान मोबाइल र मे ५ प ९७९७ नम्बरको एउटा मोटरसाइकल बरामद गरेको उनले बताए । 

उक्त सामानसहित ताजपुरीया र उनका भाइ  १९ वर्षीय प्रवीण ताजपुरीयालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.