प्रधानमन्त्रीकै ट्विटर ह्याक

प्रधानमन्त्रीकै ट्विटर ह्याक
फाइल तस्बिर।
सुन्नुहोस्

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि उक्त ट्विटर ह्यान्डल ह्याक भएको थियो। नेपालमा मात्र नभई भारतीय प्रधानमन्त्रीको ट्विट एकाउन्ट पनि ह्याक भएको थियो। पछिल्लो समय सरकारी वेबसाइट ह्याकरको निसानामा पर्दै आएका छन्। सबै सरकारी वेबसाइटका सर्भर गत माघ १४ गते डाउन भएका थिए। तर, कुनै क्षति नभई सञ्चालनमा आएका थिए।

काठमाडौं : प्रधानमन्त्रीको ट्विटर ह्यान्डल ‘पीएमओ नेपाल’ बुधबार राति ह्याक भयो। बिहीबार दिउँसोसम्म ह्याकरकै कब्जामा रह्यो। उक्त अवधिमा अनधिकृत पोस्ट ट्विट भए। प्रधानमन्त्री पुष्पकमल दाहालको उक्त अकाउन्टको नाम र प्रोफाइल तस्बिर नै परिवर्तन भयो। उक्त ट्विटर खोल्दा सुरुमा ब्लरको लोगो देखाउँथ्यो। त्यहाँ ‘समर्थक व्यापारीका लागि एनएफटी बजार’ लेखिएको थियो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ट्विटरको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बिहीबार दिउँसो उक्त अकाउन्ट फिर्ता भएको छ। उक्त ट्विटर ह्यान्डलमा टु फ्याक्टर अथेन्टिकेसन (२ एफए)लगायत सुरक्षाका सबै उपाय अवलम्बन गरिएको थियो।  त्यस्तो अवस्थामा पनि अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको कार्यालयको सूचनामा उल्लेख छ। ‘यसबारे सत्यतथ्य छिट्टै नै सार्वजनिक गर्नेछौं’, सूचनामा लेखिएको छ, ‘१५ मार्च बेलुकादेखि ट्विटर ह्यान्डलमा अनधिकृत प्रवेश गरी असम्बन्धित ट्विटहरू प्रयोग गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमापार्थी छौं।’ 

प्रधानमन्त्रीका आईटी विज्ञ प्रकाश रायमाझीले साइबार सुरक्षामा ध्यान दिइएको अवस्थामा पनि ह्याक हुन पुगेको बताए। 

ट्विटरको केन्द्रीय कार्यालयसँग समन्वय गरी कसले र किन ह्याक गर्‍यो भन्ने विषयमा अनुसन्धान हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ‘ट्विटरको केन्द्रीय कार्यालयबाट हाम्रा प्रश्नको जवाफ आयो। उहाँहरूसँग लग कहाँ के भए भनेर मागेका छौं। यहाँ पनि हाम्रो तरिकाबाट अनुसन्धान गरिरहेका छौं’, रायमाझीले भने। उनका अनुसार उक्त ट्विटर सेक्युरिटी अपडेट नै थियो तापनि ह्याक भयो।   

‘अनुसन्धानमा जान्छौं। डिटेल्स रिपोर्ट सार्वजनिक गर्छौं’, उनले भने। सचिवालयले उक्त विषयमा अनुसन्धान गर्न साइबर ब्युरोमा अनुरोध गर्ने तयारी गरेको छ। ‘यसबारे अनुसन्धान गर्न चिठी पठाउँदै छौं’, रायमाझीले भने, ‘ह्याक हुँदा सरकारलाई चुनौती भयो। ह्याकरले तिमीहरू सुरक्षित छैनौं भन्ने देखाउनका लागि ह्याक गरेको हुन सक्छ।’ 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि उक्त ट्विटर ह्यान्डल ह्याक भएको थियो। नेपालमा मात्र नभई भारतीय प्रधानमन्त्रीको ट्विट एकाउन्ट पनि ह्याक भएको थियो। पछिल्लो समय सरकारी वेबसाइट ह्याकरको निसानामा पर्दै आएका छन्। सबै सरकारी वेबसाइटका सर्भर गत माघ १४ गते डाउन भएका थिए। तर, कुनै क्षति नभई सञ्चालनमा आएका थिए। 

प्रधानमन्त्रीका आईटी विज्ञ रायमाझीले डाटा सेन्टरमा १ हजार ५ सय वेबसाइटका पुराना साइट पनि राखिएकाले ह्याकरलाई सहज भएको बताए। ‘पुराना वेबसाइट राखेर ह्याकरलाई सजिलो बनाइराखेका छौं। अब पुराना साइट हटाउने तयारी भइरहेको छ’, उनले भने।

साइबर सुरक्षाका लागि सरकारले विशेष कदम चालेको उनले बताए। ‘सुरक्षित हुनका लागि छिट्टै नतिजा देखिने गरी काम हुँदै छ’, उनले भने। 

पछिल्लो समय सरकार ह्याकरको निसानामा पर्दै आएको छ। साइबर सुरक्षामा कमजोर रहेको बारम्बार देखिने घटनाले देखाइरहेको छ। काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक सञ्जय पुडासैनी लापरबाही, बेवास्ता गर्दा पनि साइबार सुरक्षामा समस्या आउने गरेको बताउँछन्। सुरक्षा संवेदनशीलता नअपनाएर ट्वीटर चलाउँदा समस्या आएको हुन सक्ने उनले बताए। 

‘प्रधानमन्त्री आफैंले ह्यान्डिल गर्ने होइन। पीएम नेपाल भनेकाले निजी सचिवालय नभई सरकारी कार्यालय होलान्’, पुडासैनी भन्छन्, ‘सेभ गरेर राखेमा पनि ह्याक हुन सक्छ।’ उनका अनुसार के चलाउन पाइने, के नपाइने भन्ने मापदण्ड नबनाएकाले पनि यस्ता घटना दोहोरिन्छन्। ‘पर्सनल चिजबाट चलेका हुन् कि घरमा अरूले पनि चलाउँछन्’, उनी भन्छन्, ‘त्यही ल्यापटपमा इन्टरनेटमा नानाथरी  हेर्दा समस्या निम्तन्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.