डेभलपमेण्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा सुयोग श्रेष्ठ

काठमाडौं: डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । यसअघि मुक्तिनाथ विकास बैंकका प्रद्युमन पोख्रेल थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंक बोधराज देवकोटा, कोषाध्यक्षमा लुम्विनी विकास बैंकका नरेश सिंह बोहरा सर्वसम्मत निर्वाचित भएका हुन् ।
यससँगै शुक्रबार चितवनमा सम्पन्न १७ औं वार्षिक साधारण सभाले सदस्यमा प्रकाश पौडेल, श्रीचन्द्र भट्ट र डा. इन्द्र कट्टेललाई चयन गरेको हो । निर्वाचनपछि पदाधिकारीहरुले सपथ ग्रहण गरे।
सभाले आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०७९/०८० को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
यसैक्रममा निवर्तमान अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगाएतका कारणले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अबस्थाबाट गुज्रिरहेको बताए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु उपलब्धि भएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस !
