वार्षिक १० करोडको मासुजन्य पदार्थ निर्यात

वार्षिक १० करोडको मासुजन्य पदार्थ निर्यात
अर्घाखाँचीको शीतगंगा नगरपालिका-६ जुकेना फेदीमा स्थायी शिक्षकले गरेको नमुना बाख्रापालनको अनुगमन गर्दै जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी मीना अर्याललगायत। प्रेमनारायण आचार्य
सुन्नुहोस्

सन्धिखर्क : अर्घाखाँचीको शीतगंगा नगरपालिकाका कृषकहरू व्यावसायिक बाख्रापालनमा लागेका छन्। बाख्रापालनको लागि उचित वातावरण तथा पर्याप्त चरन र घासको व्यवस्था हुनुका साथै भनेको समयमा नगदै बिक्री हुने भएपछि कृषकहरू बाख्रापालनमा लागेका हुन्।

भारतमा राम्रो कमाइ गरिरहेका शीतगंगा नगरपालिका वडा नम्बर १३ सिमलपानीको ढावाका कृषक विष्णुप्रसाद न्यौपानेले गाउँमै फर्किएर बाख्रापालन सुरु गरे। नमुना कृषि तथा पशुपक्षी पालन फर्म दर्ता गरेरै उनी बाख्रापालनमा लागेका हुन्। उनको फर्ममा अहिले साना ठुला गरी झन्डै १ सय ५० बाख्रा छन्।

‘वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ आफ्नै जन्मभूमिमा आएर बाख्रा पालेको छु। वार्षिक १०÷१२ लाख रुपैया खर्च कटाएर आम्दानी हुने गरेको छ। चार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष पाँच जनालाई रोजगारी पनि दिएको छु’ उनले भने। ‘बाख्रापालनमा बजारको कुनै समस्या छैन।’

शीतगंगा नगरपालिका वडा नम्बर ६ जुकेनाको फेदीमा स्थायी शिक्षक लक्ष्मण ओलीको बाख्रा फर्म पनि लोभलाग्दो छ। स्थानीय डिही आधारभूत विद्यालयमा अध्यापन गराउने अर्थात् जागिर खान जाजरकोटबाट आएका ओलीले विद्यालयमा अध्यापनसँगै व्यावसायिक बाख्रापालन गरेका हुन। उनको गोठमा अहिले १ सय २४ वटा बाख्रा छन्।

एमएड पास गरेका उनी मात्र हैनन् उनकी श्रीमती करुणा ओली पनि शिक्षिका हुन्। तर उनीहरूले समाजमा केही गरेर प्रेरणाको स्रोत बन्न सकिन्छ भन्ने मान्यताका साथ बाख्रापालनमा सुरु गरेका हुन्।

गोठमा १ सय २४ वटा बाख्रा छन्। ओलीले भने ‘एक वर्षमा बोका तथा बाख्राका पाठीहरू बेचेर २१ लाख रुपैयाको कारोबार भयो। बाख्राको दाना, घास, औषधि उपचार, कर्मचारीको तलब आदि सबै खर्च कटाएर ८ लाखभन्दा बढी बचत भएको छ।’ उनको फर्ममा पनि चार जनाले प्रत्यक्ष रोजगार पाएका छन्।

शिक्षण पेसा मूल पेसा भएकोले उनले व्यवस्थापन मात्र हेर्ने गर्छन्। अरू सबै कामदारको जिम्मा छ। जाजरकोटमा रहेका बुवा बलराम ओलीले फर्मको रेखदेख गर्छन्। कृषि प्रधान देशमा कृषि पेसा गर्नुपर्छ भन्ने मान्यताका साथ बाख्रापालनमा आफूहरूले बढी जोड दिएको उनले बताए।

शीतगंगा नगरपालिकाले उत्पादनमा आधारित अनुदान वितरण गर्दै आएको छ। खसीबोकाको बिक्रीमा प्रतिकिलो ५० रुपैया नगरपालिकाले अनुदान दिँदै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए। उनले भने ‘बाख्रापालनमा लागेका व्यावसायिक कृषकहरूलाई उत्पादनमा आकर्षित गर्न नगरपालिकाले अनुदान दिने गरेको छ।’

अर्घाखाँची जिल्लाभर करिब ५५ हजार माउ बाख्रा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए। उक्त माउ बाख्राबाट उत्पादन भएका पाठापाठीहरू तथा मासुजन्य खसी बोकाहरू कपिलवस्तु, दांग, रूपन्देही तथा काठमाडांै, पोखरालगायतका स्थानमा मासुका लागि जाने गरेको छ।

पहिलापहिला बाहिर जिल्लाबाट खसीबोका आयात हुनेमा अहिले जिल्ला निर्यात गर्न सफल भएको छ। वार्षिक तीन सय टन मासुजन्य बोका तथा बाख्राहरू जिल्ला बाहिर निर्यात हुने गरेको छ। जसलाई रकममा हिसाब गर्दा झन्डै १० करोडको खसीबोका, बाख्रा तथा मासुजन्य पदार्थ जिल्लाबाट बाहिर जाने गरेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बाख्रापालक कृषकहरूलाई खोर निर्माण, उन्नत जातको बोका तथा बाख्रा खरिद, घास खेतीलगायत प्राविधिक रूपमा सहयोग गर्दै आएको छ। जसका कारण कृषकहरूलाई बाख्रापालनमा सहयोग पुगेको छ।

व्यावसायिक बाख्रापालनमा लागेका कृषकहरूलाई यसैमा टिकाउनका लागि विभिन्न कार्यक्रम सञ्चालन भएको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले बताए। ‘अर्घाखाँची जिल्ला बाख्राको पकेट क्षेत्र भएको बताउँदै कृषकलाई उत्पादनमा हौसला प्रदान गर्ने कार्यक्रम सञ्चालन गरेर  जिल्लालाई बाख्रा निर्यात हुने जिल्ला बनाउन सबै लाग्नुपर्छ’ कोइरालाले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.