१० दलीय गठबन्धनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं: १० दलीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको गठबन्धन दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने समझदारी गरेको हो।
त्यस्तै बैठकले आइतबारको संसद बैठकमा प्रस्तुत हुने विधेयकका विषयमा पनि एकमत भएर प्रस्तुत हुने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकको समझदारी जानकारी दिँदै प्रधानमन्त्रीका स्वकीय सचिव गंगा दहालले भनेकी छन्, 'सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सम्पन्न भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।'
१० दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी छन्।
प्रतिक्रिया दिनुहोस !
