बैंक–व्यवसायी द्वन्द्व

बैंक–व्यवसायी द्वन्द्व
सुन्नुहोस्

बैंक पनि नडुब्ने र उद्योगधन्दा पनि चल्न सक्ने मिलन बिन्दुको खोजीमा उसको भूमिका आवश्यक छ।

व्यापार व्यवसाय ओरालो लागेको छ। महँगीचाहिँ उकालो लागिरहेको छ। व्यापार व्यवसाय र उद्योगधन्दा चल्न मुस्किल परिरहेको छ। त्यसैको नकारात्मक असर बैंक, वित्तीय संस्थाहरूमा परिरहेको छ र, तिनीहरूको खराब कर्जाको मात्रा क्रमशः बढ्दैछ। बैंक तथा वित्तीय संस्थाहरूकोे निष्क्रिय कर्जा (एनपीएल) गत पुससम्म औसतमा २.६३ प्रतिशत पुगेको छ। जबकि गत वर्षको सोही अवधिमा १.३१ प्रतिशत मात्रै थियो। उद्योग व्यवसाय चल्न नसकेपछि तिनले कर्जा फिर्ता गर्न सकेका छैनन्। व्यवसायी र उद्योगीहरू अहिले बैंकको ब्याजदर चर्को भएको भन्दै असन्तुष्ट मात्रै होइन आक्रोशित छन्, बैंकहरूसँग द्वन्द्व बढेको छ।

त्यसैको परिणाम कतिपय उच्छृंखल गतिविधि पनि देखिँदा त्यो कतै अनिष्टको संकेत त होइन भन्ने त्रास उत्पन्न हुन खोजेको छ। यसै बेला अमेरिका र युरोपमा केही बैंकहरू टाट पल्टिइसकेका छन्। बैंक, वित्तीय संस्थाको आधार भनेको बचतकर्ताहरूको विश्वास हो, वास्तवमा उनीहरू बचतकर्ताहरूको विश्वासले चलेका हुन्छन्। अफवाहकै भरमा त्यो विश्वास डग्मगाउँदा अमेरिकाका सिलिकन भ्यालीलगायत बैंकहरूबाट बचतकर्ताले पैसा झिके र ती संकटमा परे।

नेपालमा केही ठूला ऋणीहरू बैंकहरूविरुद्ध आन्दोलित हुँदा त्यसको नकारात्मक असर पर्न सक्ने खतरा छ। लिएको ऋण नतिर्न लबिङइ र आन्दोलन कुत्सित मानसिकताबाट ग्रस्त देखिन्छ। बैंकहरूले व्यवसायी र उद्योगीलाई सहजीकरण गर्नुपर्छ र व्यवसायी तथा उद्योगीले पनि ऋण तिर्न व्यवस्थापन गर्नुपर्छ। ऋण दिएरमात्रै बैंक वित्तीय संस्थाको कर्तव्य पूरा हुँदैन।

उद्योगधन्दा र व्यवसायका लागि टिकाउनु उसको कर्तव्य हुन्छ। मैले त ऋण दिने हो, व्यवसाय र उद्योग चलाउने ऋणीले हो भन्ने मानसिकता बैंक, वित्तीय संस्थाले राख्नु हुँदैन। लगानीको सुरक्षा र त्यसको उपयोगितामा बैंक, वित्तीय संस्थाहरूको पनि योगदान हुनुपर्छ। नेपालका हकमा बैंक वित्तीय संस्थामा त्यस मामलामा कमजोर प्रतीत हुन्छन् नै। बैंकले गरेको लगानी सञ्चालकका नाममा मुठीभर व्यक्तिहरूको सम्पत्ति होइन, त्यो त सर्वसाधारणहरूको बचत हो। तसर्थ बैंकहरूले ऋण मिनाहा गर्न सक्दैनन्। पक्कै पनि नेपालमा बैंक वित्तीय संस्थाहरूको ब्याजदर ठूला र विकसित मुलुकको दाँजोमा धेरै छ।

बचतलाई प्रोत्साहनका नाममा निक्षेपमा दिइने आकर्षक ब्याजदरबाट बैंकमा पैसा त जम्मा होला तर, त्यसले उद्यमशीलता मुर्झारहेको तर्फ केन्द्रीय बैंकको पनि ध्यानाकर्षण हुन जरुरी छ। बैंक पनि नडुब्ने र उद्योगधन्दा पनि चल्न सक्ने मिलन बिन्दुको खोजीमा उसको भूमिका आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.