त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्ववियु निर्वाचन जारी

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा स्ववियु निर्वाचन जारी
सुन्नुहोस्

आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको छ ।

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेको छ । आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय निर्धारण गरिएको छ । null

प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन हुनुपर्छ। तर, विभिन्न कारणले १४ वर्षदेखि नियमित हुन सकेको छैन। आइतबारका लागि देशभरका क्याम्पसमा स्ववियुको निर्वाचन मिति पनि तोकियो। तर, त्यहीँ राजनीतिक प्रभावका कारण धेरै स्थानमा रोकिएका छन्।

लामो समयपछि हुन लागेको निर्वाचनमा उम्मेदवार बनेका विद्यार्थी नेतामा स्ववियुको चुनाव किन आवश्यक छ र यसबाट के उपलब्धि हुन्छ भन्ने कुराको पनि स्पष्ट ज्ञान नभएको प्रत्यक्ष भेटिन्छ। विभिन्न दल निकट विद्यार्थी संघ, संगठनले निर्वाचन नजिकिएकै समयमा गरेका क्रियाकलापले पनि सकारात्मक सन्देश दिएको छैन। केही क्याम्पसमा तोडफोड, तालाबन्दी र आन्दोलनसँगै चुनाव रोकिनुमा राजनीतिक दलको नकारात्मक प्रभाव रहेको प्रष्ट हुन्छ।

त्रिविले यसअघि २०७३ सालमा जम्मा २६ क्याम्पसमा चुनाव गराएको थियो। अहिले पनि देशभरका क्याम्पसमा त्रिभुवन विश्वविद्यालयले तोकेकै मितिमा निर्वाचन अनिश्चित बन्न पुगेको केही विद्यार्थीको तर्क छ। जसमा क्याम्पस प्रशासन, विद्यार्थी र राजनीतिक दलको आआफ्नै स्वार्थ जोडिएको छ। त्रिभुवन विश्वविद्यालयका देशभरिका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने भनिए पनि तीमध्ये ४० मा प्रक्रिया रोकिएका छन्।

विश्वविद्यालयहरू तालाबन्दी, तोडफोड र आगजनीमा विद्यार्थीहरू नै सामेल छन्। स्ववियु चुनाव किन आवश्यक छ र यसले के गर्छ भन्नेमा ध्यान नपुगेको देखिन्छ।

स्ववियु चुनावले विद्यार्थी संगठनका गलत क्रियाकलाप नियन्त्रण हुने मात्र नभएर क्याम्पस प्रशासनले गर्ने लापरबाही रोक्न सकिने विश्वास विद्यार्थीहरूको छ। तर, विद्यार्थी नेताहरू शैक्षिकभन्दा राजनीतिक मुद्दामा केन्द्रित हुँदा समस्या हुने पो हो कि भन्ने चिन्ता पनि धेरै विद्यार्थीको छ।null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.