वैदेशिक लगानी घट्यो, कमाइ ३ गुणा बढी

वैदेशिक लगानी घट्यो, कमाइ ३ गुणा बढी
सुन्नुहोस्

वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट आए पनि यसअघि स्थापित विदेशी कम्पनीको कमाई भने आकर्षक छ।

काठमाडौं : प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा निकै कमी आएको छ। वैदेशिक लगानी प्रतिबद्धतामा भारी गिरावट आए पनि यसअघि स्थापित विदेशी कम्पनीको कमाई भने आकर्षक छ। 

चालू आर्थिक वर्षमा लगानी प्रतिबद्धताको अनुपातमा विदेशी कम्पनीले तेब्बर बढी रोयल्टी र लाभांश (डिभिडेन्ड) लगेका छन्। उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको फागुनसम्म २० अर्ब ५६ करोड रुपैयाँको मात्रै प्रतिबद्धता आएको छ। तर, सोही अवधिमा विदेशी कम्पनीले रोयल्टी र डिभिडेन्ड गरी ६२ अर्ब रुपैयाँ लैजान स्वीकृति पाएका छन्। विदेशी कम्पनीले डिभिडेन्ड (नाफामा आधारित) १३ अर्ब ४६ करोड लैजान स्वीकृति पाएको उद्योग विभागले जनाएको छ। 

विदेशी कम्पनीले ४८ अर्ब ७६ करोड रुपैयाँ (३० करोड ४७ लाख ५० हजार भारु) १५ करोड १३ लाख रुपैयाँ (११ लाख ४८ लाख यूएस डलर) र ९ लाख ८१ हजार रुपैयाँ (सात हजार युरो) रोयल्टी लैजान स्वीकृति पाएको विभागले जनाएको छ। प्रविधि हस्तान्तरण, लाइसेन्स एग्रिमेन्ट गर्दा विदेशीले आफ्नै मुद्रामा रोयल्टी लैजान पाउने विभागका निर्देशक शंकरसिह धामीले बताए। चालू आवमा ५ वटा प्रविधि हस्तान्तरण सम्झौता भएका छन्।

प्रतिबद्धता मात्रै गर्ने र लगानी नभित्र्याउने भएपछि विभागले पछिल्लो समयमा भिसामा कडाइ गर्न थालेको छ। बिजनेस भिसाका लागि विभागले फागुनसम्म १ हजार ६ सय ११ जनालाई स्वीकृति दिएको छ। त्यसमध्ये लगानीकर्ता १ हजार ६९, रिप्रिजेन्टिभ १ सय ५० र डिपेन्डेन्ड ३ सय ९२ भिसाका लागि स्वीकृति दिएको हो। 

निर्देशक धामीका अनुसार विदेशी लगानीकर्ताले व्यावसायिक भिसा प्राप्त गर्नेे तर लगानी नगर्नेलाई भिसामा कडाइ गरिएको बताए। उनका अनुसार प्रतिबद्धताको सतप्रतिशत लगानी ल्याउनेलाई एक वर्षको भीसाको स्वीकृति पाउँछन्। पछिल्लो समयमा विदेशी लगानीकर्ताले प्रतिबद्धता गर्ने तर कम्पनी, उद्योग तथा कर कार्यालयमा दर्ता लगायतका कार्य नगर्ने, लगानी नभिœयाउने गरेको पाइएको छ। 

लगानी नआउँदा व्यावसायिक भिसा प्राप्त गरेका विदेशी नागरिकहरू अन्य गतिविधिमा संलग्न भएको हुन सक्ने आशंका गर्न थालिएको छ। ‘यस्तो गुनासो आएपछि विदेशी लगानी र व्यावसायिक भिसा सिफारिस गर्ने कार्यलाई व्यवस्थित र मर्यादित बनाउन लागेका छौं’, निर्देशक धामीले भने, ‘प्रतिबद्धता अनुरुप लगानी भिœयाउन भिसामा केरकार गर्न थालेका हौं।’

विभागका अनुसार साउनदेखि फागुनसम्म १ सय ५९ उद्योगमा २० अर्ब ५६ करोड रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको हो। गत वर्षको सोही अवधिमा ३३ अर्ब १२ करोड रुपैयाँभन्दा बढी प्रतिबद्धता आएको थियो। गत वर्षको तुलनामा १२ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीले प्रतिबद्धतामा कमी आएको छ। विभागका अनुसार स्वदेशी उद्योगका सेयर खरिद गर्ने विदेशी लगानीकर्ता पनि बढेका छन्। विभागका अनुसार यो आर्थिक वर्षको फागुनसम्म ४३ कम्पनीले स्वदेशी उद्योगको सेयर खरिद गर्नका लागि १० अर्ब ६५ करोड रुपैयाँ ल्याउने प्रतिबद्धता जनाएका छन्। 

विभागका अनुसार १ सय ३४ साना उद्योग, २२ मझौला र तीन ठूला उद्योगमा प्रतिबद्धता आएको छ। यसबाट ९ हजार ४ सय ७८ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ। हालसम्म ५ हजार ६ सय ९२ विदेशी कम्पनीले उद्योग स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले ४ खर्ब ३९ अर्ब ८३ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका थिए। 

तर, नेपाल राष्ट्रबैंकको गत वर्षको अध्ययनले प्रतिबद्धताको ३१ प्रतिशत मात्रै लगानी आउने गरेको देखिएको थियो। भारत, चीन, आयरल्यान्ड, सिंगापुर, सेन्ट कैटस एन्ड नेभिसलगायत ५५ मुलुकबाट वैदेशिक लगानी आउने गरेको छ। 

विभागका अनुसार फागुनमा १ अर्ब ९२ करोड, माघमा १ अर्ब ३९ करोड, पुसमा ४ अर्ब ८५ करोड, मसिरमा ८० करोड रुपैयाँको प्रतिबद्धता आएको थियो। कात्तिकमा ३ अर्ब ६५ करोड, असोजमा १ अर्ब ८५ करोड, भदौमा ३ अर्ब ४४ करोड, र साउनमा २ अर्ब ६४ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.