मुस्ताङको तेज निरला जनहित क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी

मुस्ताङको तेज निरला जनहित क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम :हिमाली जिल्ला मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पस स्ववियु मतदान जारी छ। बिहान ११ बजेसम्म ६० प्रतिशत मतदान सकिएको छ । बिहान ८ बजे सुरू भएको स्ववियु निर्वाचनको मतदानमा ४२ जना मतदातामध्ये २५ जना मतदान गरेको स्ववियु निर्वाचन कमिटीले जनाएको छ ।

मुस्ताङमा स्ववियु मतदानका लागि दिउँसो ४ बजेसम्म मतदानकार्य जारी रहने कार्यतालिका छ । स्ववियु निर्वाचनका लागि क्याम्पसको निर्माणधिन नयाँ भवनको कम्पाउण्डमा मतदान स्थल तोकिएको हो । प्रहरी र प्रशासनको सुरक्षा निगरानीमा स्ववियु निर्वाचन शान्तिपूर्ण भयरहित वातावारणमा मतदानकार्य अघि बढाईएको स्ववियु मुख्य निर्वाचन अधिकृत आदित्यचन्द्र थकालीले जानकारी दिए ।

मुस्ताङमा स्ववियु निर्वाचनमा नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संगठन,नेकपा एकीकृत समाजवादी समर्थित अनेरास्ववियु र नेकपा माओवादी विप्लप समूहको अखिल क्रान्तिकारी विद्यार्थी संगठनले  लोकतान्त्रिक बाम विद्यार्थी गठबन्ध गरेर स्ववियु निर्वाचनमा होमिएका छन् । नेकपा एमाले समर्थित अनेरास्ववियु विद्यार्थी संगठनले एक्लै प्रतिस्पर्धा गरेका छन् ।

स्ववियु निर्वाचन कमिटीका अनुसार प्रत्यक्ष तर्फ ५ र समानुपातिकतर्फ ६ जना पदाधिकारीका लागि निर्वाचन प्रतिस्पर्धा भइरहेको छ । जसअन्तर्गत प्रत्यक्षतर्फ अध्यक्ष पद र ३ सदस्य पदका लागि मतदान हुन लागेको हो।  यसअघिनै एमाले समर्थित अनेरास्ववियुका उम्मेदवारले मनोनयपत्र फिर्ता लिएसँगै नेविसका सचिव पद र कोषाध्यक्ष पद निर्विरोध निर्वाचन भएका हुन् ।

स्ववियु समानुपातिकतर्फ अनेरास्ववियु (एमाले)बाट ५ जना र लोकतान्तिक बाम विद्यार्थी संगठनबाट ४ जना चुनावी मैदानतमा उत्रिएका छन्।

मुस्ताङको एकमात्र तेज निरला जनहित बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायको पढाइ हुँदै  आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.