सिन्धुलीमा पहिलो पटक हेमोडायलिसिस र ल्यापरोस्कोपी सेवा सुरु

सिन्धुलीमा पहिलो पटक हेमोडायलिसिस र ल्यापरोस्कोपी सेवा सुरु
सुन्नुहोस्

सिन्धुली : सिन्धुली अस्पतालमा पहिलो पटक हेमोडायलिसिस र ल्यापरोस्कोपी सेवा सुरु गरिएको छ।

बागमती प्रदेश सरकारले दुई करोड २० लाख रुपैयाँ खर्चेर डायलसिस मेसिन र ल्यापरोस्कोपी मेसिन जडान गरिदिएपछि सेवा सुरु गरिएको हो।

कमलामाई नगरपालिका–६ शिवनगरमा रहेको कोभिड अस्पताललाई सिन्धुली अस्पतालले हेमोडायलिसिस युनिट बनाएर सेवा आरम्भ गरेको हो। 

जिल्लाका २ जना मृगौला पीडितको डायलसिस गरेर सेवा आरम्भ गरेको सिन्धुली अस्पतालका अध्यक्ष सतिशचन्द्र ढकालले बताए।

प्रदेश सरकारले सिन्धुली अस्पताललाई ९ महिनाअघि नै पाँच वटा डायलसिस मेसिन र उपकरण उपलब्ध गराएको थियो। तर, दक्ष चिकित्सक र स्वास्थ्यकर्मी अभावमा सञ्चालनमा आउन सकेको थिएन। 

करिब ९ महिनाको बीचमा डा. अर्पणा कार्की र दुई स्टाफ नर्सले तालिम प्राप्त गरेपछि बल्ल अस्पतालमा हेमोडायलिसिस सेवा सुरु गर्न सकिएको सिन्धुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सतिशचन्द्र ढकालले जानकारी दिए।

उक्त हेमोडायलिसिस सेवाका लागि प्रदेश सरकारको एक करोड रुपैयाँ लागतमा पाँच वटा डायलसिस मेसिन र उपकरण जडान गरिएको छ।

यस्तै सिन्धुली अस्पतालले आफ्ना सेवाहरूमा ल्यापरोस्कोपी सेवा समेत थप गरेको छ। बागमती सरकारको एक करोड २० लाख रुपैयाँ लागतमा ल्यापरोस्कोपी मेसिन खरिद गरी जडान गरिएपछि उक्त सेवा सुरुवात गरिएको हो।

ल्यापरोस्कोपी मेसिनका माध्यमबाट जिल्लामै पहिलो पटक पित्तथैलीको पत्थरीको सफल शल्यक्रिया समेत गरिएको छ। 

सिन्धुली अस्पतालमा मेडिकल सुपरिन्टेन्डेन्ट डा. उमेश प्रधानका अनुसार डा. प्रधानको नेतृत्वमा डा. विनय चौधरी, डा. लीलामणि राजथला र एनेसथेसिया सजिना सिलवालको टोलीले मेसिनबाट जिल्लामै पहिलो पटक पित्तथैलीसहित पत्थरी निकालेका हुन्। 

जिल्लामै पहिलो पटक हेमोडायलिसिस र ल्यापरोस्कोपी सेवा सुरु गरिएपछि स्थानीयवासी खुसी भएका छन्। सिन्धुलीका साथै रामेछाप, दोलखा, ओखलढुंगा, सर्लाही, महोत्तरी, रौतहट, धनुषासम्मका नागरिकलाई सेवा लिन सहज हुने छ।

यसअघि सिन्धुली, रामेछाप, महोत्तरी लगायतका आसपासका जिल्लामा यस्तो सुविधा नहुँदा मृगौला तथा पत्थरी पीडितहरू उपचारका लागि धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालहरूमा जान बाध्य थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.