मुस्ताङको तेज निरला क्याम्पसको स्ववियु सभापतिमा तिलिजा विजयी

जोमसोम : मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा विजयी भएकी छिन्।
आइतबार भएको निर्वाचनमा कुल ४२ जना मतदाता मध्ये ३७ जनाले मतदान गरेका थिए। अध्यक्ष पदमा अनेरास्वियुका अध्यक्ष पदका उम्मेदवार एलिस थकाली र एकीकृत समाजवादी निकट अनेरास्ववियुकी तिलिजाले समान १८/१८ मत प्राप्त गरेका थिए ।
एक बदर भएको थियो। दुवै उम्मेदवारको मत बराबरी भएपछि स्ववियु निर्वाचन कमिटीले गोलाप्रथाबाट तिलिजा विजयी भएको घोषणा गरेको थियो।
यसअघि स्ववियु निर्वाचनका लागि सचिव र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका एमाले निकट अनेरास्ववियुका दुई जनाले मनोनयनपत्र फिर्ता लिएपछि नेविसंघका सचिव पदकी उम्मेदवार रविना गुरुङ र कोषाध्यक्ष पदका असिम गुरुङ निर्विरोध निर्वाचित भएका थिए।
मतपरिणाम अनुसार प्रत्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनको प्यानलका तर्फबाट एकीकृत समाजवादी निकट अनेरास्ववियुले अध्यक्ष पदसहित ३ पदमा विजयी हासिल गर्यो।
नेपाली कांग्रेस निकट नेविसंघले ३ पदमा विजयी हासिल गर्यो। समानुपातिकतर्फ नेविसंघले ४ पद र एमाले निकट अनेरास्ववियुले १ पदमा विजयी हासिल गरेको स्ववियु निर्वाचन अधिकृत अदितीयचन्द्र थकालीले जानकारी दिए।
क्याम्पसको स्ववियु निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ५ जना स्ववियु पदाधिकारीका लागि निर्वाचन भएको हो।
प्रतिक्रिया दिनुहोस !
