पाल्ही क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी संगठनको प्यानलै विजयी

पाल्ही क्याम्पसमा जनमत पार्टी निकट विद्यार्थी संगठनको प्यानलै विजयी
सुन्नुहोस्

परासी : नवलपरासीको परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा डा. सिके राउत नेतृत्व पार्टीको विद्यार्थी संगठन ‘विद्यार्थी जनमत संघ’ को प्यानल नै विजयी भएको छ। समानुपातिकतर्फ पनि सोही विद्यार्थी संगठनको मत बढी आएको छ। 

विद्यार्थी जनमतका अध्यक्ष पदका उम्मेदवार बृजनन्दन कुर्मीले प्रतिद्वन्द्वी संयुक्त प्यानलका कृष्ण पटेललाई २८ मतान्तरले हराउँदै विजयी भएका हुन्। सचिव पदका उम्मेदवार प्रेमसागर यादवले प्रतिद्वन्द्वी नेविसंघका शिव प्रसाद हजारमलाई ४९ मतान्तरले पराजित गरे। 

कोषाध्यक्ष पदका उम्मेदवार सितु कुमारी पटेलले प्रतिद्वन्द्वीलाई ३३ मतान्तरले पराजित गरे। उनका प्रतिस्पर्धी संयुक्त प्यानलका प्रविन प्रसाद हरिजन र नेविसंघका प्रतिमा यादवले ९७-९७ मत पाए। त्यसैगरी ५ सदस्सीय सदस्य पदका लागि भएको निर्वाचनमा शिवसागर गिरी, जवाहिर गुप्ता, सदानन्द कुमार नाउँ, अमित कुमार सहानी र सामलाल लोनिया निर्वाचित भए। 

१५ सदस्सीय कार्यसमितिका लागि भएको निर्वाचनअन्तर्गतको ७ सदस्सीय समानुपातिकतर्फको निर्वाचनमा विद्यार्थी जनमत संघले १४७ मत, नेविसंघले १०२ र अनेरास्ववियुले ७९ मत पाएका छन्। कूल ३८५ मतदाता रहेको निर्वाचनमा ३२९ मत खसेको थियो। 

चुनावमा जनमत विद्यार्थी संघ र नेविसंघ एकल प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए। अनेरास्ववियु, जसपा निकट जनता विद्यार्थी फोरम, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी र राप्रपाले संयुक्त प्यानल बनाएर चुनावमा उत्रिएका थिए। 

यसैबीच स्ववियु निर्वाचन भएका जिल्लाका ३ क्याम्पसमध्ये त्रिुभुवन क्याम्पस बेलाटारी र दिव्यज्योती बहुमुखी क्याम्पस बर्दघाटको मत गणना भइरहेको छ। सुनवलमा रहेको देवकोटा क्याम्पसमा क्याम्पस प्रशासनले चुनाव नगराएपछि विद्यार्थीहरूले तालाबन्दी गरेका छन्। स्ववियु निर्वाचन नगराई आगामी क्याम्पस सभामा विद्यार्थी परिषद्का केही बुदाँहरूमा लचकता अपनाएर परिमार्जन गरी विद्यार्थी परिषद्लाई नै निरन्तरता दिने पक्षमा रहेकाले क्याम्पस प्रशासनले चुनाव नगराएको विद्यार्थीहरूले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.