मटिहानीमा जनस्वास्थ्य प्रयोगशाला

मटिहानीमा जनस्वास्थ्य प्रयोगशाला
सुन्नुहोस्

महोत्तरी : मटिहानी नगरपालिकाले आइतबारदेखि जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा ल्याएको छ। 

मधेस प्रदेश सरकार र मटिहानी नगरपालिकाको संयुक्त प्रयासमा मटिहानी स्वास्थ्य चौकीमा आज देखि जनस्वास्थ्य प्रयोगशाला (ल्याब) शुभारम्भ भएको हो। सो प्रयोगशाला (ल्याब)बाट सीबीसी, आरएफटी, एलएफटी, एल प्रोफाइल, वीदल, मलेरिया, सुगर, आरए फ्याक्टर, एएसओ लगायतका परीक्षण (जाँच) गरिने प्रयोगशालाका प्राविधिक रितु नायकले जानकारी दिइन्।

आइतबार प्रदेशसभा सदस्य अभिराम शर्मा र मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मन्डलले ल्याबको संयुक्त रुपमा उद्घाटन गरे। नगर प्रमुख मन्डलले प्रदेशबाट प्राप्त आधुनिक प्रयोगशाला सञ्चालन सामग्रीले स्वास्थ्य क्षेत्रमा मटिहानी एक कदम अगाडि बढेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.