नारद आदर्श क्याम्पसको सभापतिमा अनेरास्ववियुका तामाङ विजयी

नारद आदर्श क्याम्पसको सभापतिमा अनेरास्ववियुका तामाङ विजयी
सुन्नुहोस्

उदयपुर : उदयपुरको नारद आदर्श शिक्षा क्याम्पस बसाहाको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका केबल तामाङ विजयी भएका छ्न्।                    

आइतबार भएको निर्वाचनमा तामाङले नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका ज्ञानदिल राईलाई तीन मतान्तरले पराजित गरे। बाँकी सबै पदमा नेविसंघ र समाजवादी विद्यार्थी संगठन बीचको गठबन्धन विजयी भएको छ।                                     

प्राप्त मतपरिणाम अनुसार विजयी सभापति तामाङले ६५ र प्रतिद्वन्द्वी राईले ६२ मत प्राप्त गरेका छ्न्। गठबन्धनका उम्मेदवार नेविसंघका बिनम तामाङले ५१ मत प्राप्त गरेका छ्न्।                                            

त्यसैगरी सचिवमा गठबन्धनका लोकबहादुर राउत ६८ मत, कोषाध्यक्षमा नाम्नुहाङ राई ६५ मत प्राप्त गरि विजयी भएका छ्न्।        

प्रत्यक्षतर्फ तीन सदस्य पदमा भएको निर्वाचनमा गठबन्धनकै स्नेहा राई, सोनिया राई र खगिन राई विजयी भएका छ्न्। 

समानुपातिक तर्फबाट सहसचिवमा अनेरास्ववियुका अनुप आचार्य र सदस्यमा यलिशा बिशुन्खे निर्वाचित भएका छ्न्। २०६ जना मतदाता रहेको यो क्याम्पसमा १८१ मत खसेको थियो। 

जिल्लाका सातवटा क्याम्पस मध्ये त्रियुगा जनता क्याम्पस मोतिगडा, बरुवा क्याम्पस गाइघाट र नारद आदर्श क्याम्पस बसाहामा निर्वाचन भएको थियो। बाँकी क्याम्पस नयाँ रहेकाले निर्वाचन भएन। बरुवामा मतगणना जारी छ भने त्रियुगामा अझै केहिबेर लाग्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.