फिनल्यान्ड फेरि बन्यो सबैभन्दा खुसी देश, सबैभन्दा दुःखी को?

काठमाडौं : युरोपेली मुलुक फिनल्यान्ड लगातार छैटौंपटक सबैभन्दा खुसी देशको सूचीमा अग्रस्थानमा परेको छ। ग्यालप वर्ल्ड पोलको जीवन मूल्यांकनमा आधारित प्रतिवेदनअनुसार फिनल्यान्ड खुसी हुने सूचीमा पहिलो स्थानमा परेको हो।
स्वस्थ जीवन प्रत्याशा, प्रति व्यक्ति आय, सामाजिक समर्थन, कम भ्रष्टाचार, समुदायमा उदारतालगायत विषयमा आधारित प्रतिवेदनले फिनल्यान्डलाई उक्त सूचीमा राखेको हो।
त्यस्तै दोस्रोमा डेनमार्क, तेस्रोमा आइसल्यान्ड र चौथोमा इजराय परेको छ। इजरायल गत वर्ष ९ नम्बरमा समावेश थियो। त्यसपछि क्रमशः पाँचौंमा नेदरल्यान्ड्स, छैटौंमा स्वीडेन, सातौंमा नर्वे, आठौंमा स्वीट्जरल्यान्ड, नवौंमा लक्समर्ग र दसौंमा न्युजील्यान्ड रहेका छन्।
त्यस्तै १२औं मा अष्ट्रेलिया, १३औं मा क्यानडा, १४औं मा आयरल्यान्ड, १५औं मा अमेरिका, १६औं मा जर्मनी, १७औं मा बेल्जियम, १८औं मा चेक रिपब्लिक १९औं मा बेलायत र २०औं स्थानमा लिथुलिया रहेका छन्। २० स्थानमा रहेको फ्रान्स २१औं मा पुगेको छ।
त्यस्तै सूचीको सबैभन्दा पछाडि अफगानिस्तान परेको छ। त्यसभन्दा माथि १३६औंमा लेबनान रहेको छ। त्यसपछि पछाडिबाट क्रमश सेइरा लियोन, जिम्बावे, कंगो, बोट्स्वाना, मालावी, कोमोर्स, तान्जानिया, जाम्बिया, मगादस्कार, भारतलगायत रहेका छन्। युद्धका कारण ग्रसित रुस ७०औँ र युक्रेन ९२ औँ स्थानमा छन्।
प्रतिक्रिया दिनुहोस !
