चिनियाँ राष्ट्रपति पुगे मस्को, पुटिनसँग वार्ता हुने

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिनपिङ मस्को पुगेका छन्। उनी तीन दिने भ्रमणका लागि मस्को पुगेका हुन्। युक्रेनविरुद्ध युद्ध सुरु गरेपछि पहिलोपटक चिनियाँ राष्ट्र प्रमुख रुस पुगेका हुन्।
राष्ट्रपति जिनपिङले मस्कोमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। राष्ट्रपति पुटिनले युक्रेनसँगको शान्ति सम्झौता सम्बन्धनमा छलफल गर्ने अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन्।
यसअघि पुटिन सन् २०२२ मा चीन भ्रमण गरेका थिए। सोही समयदेखि चीन र रुसको सम्बन्ध राम्रो हुँदै गएको विश्लेषकहरू बताउँछन्।
विश्लेषकहरूले जिनपिङको भ्रमणले रुस र युक्रेन युद्धमा कस्तो प्रभाव पार्ने भन्ने विषय मुख्य रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
