कर्णालीमा स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी १५, नेविसंघ १२, अनेरास्ववियु ५ र १ मा स्वतन्त्र विजयी

कर्णालीमा स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी १५, नेविसंघ १२, अनेरास्ववियु ५ र १ मा स्वतन्त्र विजयी
कालिकोटको तिलाकर्णाली बहुमुखी क्याम्पस स्ववियु सभापति हिक्मत सिंह र सचिव खगेन्द्र पाण्डे। तस्बिर : बिस्नप्रसाद न्यौपाने
सुन्नुहोस्

वीरेन्द्रनगर : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका ३३ वटा क्याम्पसको परिर्णाम सार्वजनिक भएको छ। 

जसमा माओवादी निकट अखिल क्रान्तिकारीले लिड गरेको छ। सोमबारसम्म परिणाम सार्वजनिक भएका ३३ क्याम्पसमा माओवादी निकट अखिल क्रान्तिकारी १५, नेपाली कांग्रेस निकट नेविसंघ १२, नेकपा एमाले निकट अनेरास्ववियु ५ र एक स्वतन्त्र स्ववियु सभापति निर्वाचित भएका हुन्। 

कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय अन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने तीनवटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन्। 

प्रदेशभित्रका ३९ वटामध्ये ३३ वटा क्याम्पसहरूको नतिजा सार्वजनिक भइसकेको छ। मध्यपश्चिम विश्वविद्यालयसहित चारवटा क्याम्पसमा विविध कारण चुनाव हुन सकेन। 

मध्यपश्चिम विश्वविद्यालय र त्यसका आंगिक क्याम्पस नारायण बहुमुखी क्याम्पस दैलेख, मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिममा स्ववियू निर्वाचन हुन सकेन।

मध्यपश्चिम विश्वविद्यालय र मुसिकोटमा उच्च अदालतमा रिट परेको कारण चुनाव हुन सकेन भने नारायण क्याम्पसमा विद्यार्थी संगठन र निर्वाचन टोलीबीचमा आपसी मदभेदका कारण चुनाव हुन सकेन। 

यस्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतका जाजरकोटको नलगाड बहुमुखी क्याम्पस र दैलेखको कोटदेवल क्याम्पस अवलपराजुलमा पनि विवादका कारण चुनाव रोकिएको छ। 

नलगाडमा मतदानको अन्तिमतिर फर्जी मत हालेको विषयलाई लिएर विवाद भएकाले पुन: चुनाव गर्ने वा त्यसैलाई सहमतिका आधारमा अघि बढ्ने भन्ने विषयमा निर्णय आएको छैन।

यस्तै सबैले प्रतिष्ठाको विषय बनाएको सुर्खेत बहुमुखी क्याम्पसको नतिजा पनि आउन बाँकी छ। प्रारम्भिक नतिजामा नेकपा एमाले निटक अनेरास्ववियुले लिड गरिरहेको छ। 

नतिजा आएका करिब १७ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भएको थियो भने आइतबार १८ वटा क्याम्पसमा चुनाव भएको थियो। त्यसमध्ये नलगाडमा बीचैमा विवाद हुँदा चुनवा रोकिएको छ। 
 

कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा भने स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यले जितेका छन्। उनी नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए। 

कुन विद्यार्थी संगठनले कुन क्याम्पसको नेतृत्व पाए ?
 

अखिल क्रान्तिकारी 
१, जनचेतना बहुमुखी क्याम्पस कालिकोट : पार्वती सन्ज्याल
२, तिला कर्णाली बहुमुखी क्याम्पस कालिको : हिक्मत सिंह
३, जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिम : भरत विक
४, राडिज्यूला शिक्षा क्याम्पस,आठबिसकोट रुकुम पश्चिम : दिपक केसी
५, सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्ला : सन्तोष आचार्य (निर्विरोध)
६, स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिम : किरण विश्वकर्मा (निर्विरोध)
७,  सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिम :  वीरभान भण्डारी (निर्विरोध)
८, सितल क्याम्पस चौरजहारी रुकुम पश्चिम : निराजन केसी (निर्विरोध)
९, सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिम : निर्मला बुढाथोकी (निर्विरोध)
१०, चतुर्देव क्याम्पस रातापानी मुगु : मन्सुर कार्की (निर्विरोध)
११, बनगाड क्याम्पस सल्यान :  अजय विष्ट (निर्विरोध)
१२, थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यान : बरुण न्यौपाने (निर्विरोध)
१३, लिखु संयुक्त क्याम्पस डोल्पा : रनचन्द्र शाही (निर्विरोध)
१४, जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट :  जागेश्वर थापा (निर्विरोध)
१५, जनकल्याण क्याम्पस थारमारे सल्यान :  एकराज ओली (निर्विरोध)
 

नेविसंघ 
१, चामुण्डा कलेज दैलेख : सुनिलकुमार शाही
२, आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेख : नगेन्द्रबहादुर शाही
३, द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेख : प्रकाश थापा
४, रारा बहुमुखी क्याम्पस मुगु : राज तामाङ
५,  नन्दादेवी बहुमुखी क्याम्पस कालिकोट : जुनिता विष्ट (निर्विरोध)
६, गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेत : गोपाल खड्का (निर्विरोध)
७, मानोसरोबर बहुमुखी हुम्ला : नरेन्द्र भण्डारी (निर्विरोध)
८, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत : चेतन नेपाली
९, जुम्ला बहुमुखी क्याम्पस जुम्ला : महेश हमाल
१०, डोल्पो क्याम्पस डोल्पा : खिमबहादुर रोकाय
११, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट : प्रकाशसिंह ठकुरी
१२, रुकुमेली क्याम्पस,खलङ्गा रुकुम पश्चिम : अनिशेष केसी
 

अनेरास्ववियु 
१, सिम्ता बहुमुखी क्याम्पस सुर्खेत : स्धनश्याम रेग्मी
२, अमरदीप क्याम्पस सुर्खेत : अनुप ढकाल (निर्विरोध)
३, हिम शिखर बहुमुखी क्याम्पस सुर्खेत : सिर्जना रसायली (निर्विरोध)
४, भेरी क्याम्पस गुमी सुर्खेत : शक्ति पौडेल
५, सल्यान बहुमुखी क्याम्पस सल्यान : राजेश वली (निर्विरोध)
 

स्वतन्त्र 
१, कपुरकोट बहुमुखी क्याम्पस सल्यान : रामप्रसाद आचार्य


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.