जेएस मुरारका क्याम्पसको स्ववियु सभापतिमा निविसंघका यादव

सिरहा : सिरहाको जेएसमुरारका बहुमुखी क्याम्पस लहानमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ प्यानलसहित विजयी भएको छ।
स्ववियु सभापतिमा नेविसंघका रामकृष्ण यादवले ५२३ मत, सचिवमा महेश कुमार साह ५६९ मत र कोषाध्यक्षमा मनिस कुमार चौधरी ७२४ मत ल्याएर निर्वाचित भएको छ।
यस्तै सदस्यहरुमा सुस्मिता विक, रोहित कुमार राउत, एसियन किराती राई, यस चौधरी, हेमु बस्नेत, दिनेश कुमार महतो र सुरेन्द्र कुमार राम निर्वाचित भएका छन्।
यहाँ एमाले, जसपा र माओवादी निकटका विद्यार्थी संगठनले संयुक्त गठबन्धन, जनमत पार्टी निकट जनमत विद्यार्थी संघ, नेकपा एस निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ चारवटा प्यानल बनाएर चुनाव लडेका थिए।
गठबन्धनकी सभापति उम्मेदवार चन्द्रकला बच्छार थारुले ४०९ मत, सचिव सिकेन्द्र कुमार सिंह ३६१ र कोषाध्यक्ष मनिषा गुप्ता रौनियारले १९९ मत ल्याएका छन्। २ हजार २३२ विद्यार्थी मतदातामा १ हजार ३२७ मत खसेको थियो।
प्रतिक्रिया दिनुहोस !
