लागूऔषधसहित एकजना पक्राउ

सुन्नुहोस्
Powered by
ONE
ढल्केवर(धनुषा) : धनुषाबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवर बस्ने ३७ वर्षीय रामहित साह रहेको प्रहरीले जनाएको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कबिन राईको कमाण्डमा खटिएको प्रहरी टोलीले साहको घरमा खानतलाशी गर्दा घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध एक्सिप्लोन १०० एमएलको ४० बोतल बरामद गरेको हो।
लागूऔषधसहित पक्राउ परेका साहलाई लागूऔषध मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको धनुषाको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
