महेन्द्र क्याम्पस धरानको सभापतिमा समाजवादीका अलौकिक बिजयी
धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु सभापतिमा सामाजवादी विद्यार्थी युनियनका युवराज राई ( अलौकिक) निर्वाचित भएका छन् । आज सम्पन्न मतगणना अनुसार अलौकिकले ८ सय २४ मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेविसंघ र अखिल क्रान्तिकारिका साझा उम्मेदवार बिनोद आले मगरले ७ सय २४ मत प्राप्त गरि उपबिजेता बने । सचिवमा नेविसंघका सनिक श्रेष्ठ र कोषाध्यक्षमा समाजवादीकै सुपृया राई निर्वाचित भए ।
सदस्यहरूमा समाजवादीका प्रकाश कुलुङ राई,नेविसंघका शुभराज राई नितेश राई,आलोक लिम्बू,सुक्रराज इजम लिम्बू, हस्तकला राई मन्दिप पराजुली र अखिल क्रान्तिकारीका रविन तिवारी निर्वाचित भएका छन्।
निर्वाचनमा नेविसंघ अखिल क्रान्तिकारी तथा अनेरास्ववियु र समाजवादी एकल रुपमा चुनाव लडेका थिए । निर्वाजनमा एमाले निकट अनेरास्ववियुको तर्फबाट एकजना उम्मेदवारले पनि चुनाव जित्न सकेनन ।