जन्मदिनमा दृष्टिविहीन बालबालिकालाई सहयोग
मुगु : मुगुका एक सामाजिक अभियन्ताले आफ्नो जन्मदिनमा दृष्टिविहीनलाई सहयोग गरेका छन्।
जिल्लाको छाँयानाथ रारा नगरपालिका-४ का ३५ वर्षीय मीन बहादुर रावलले नेपाल राष्ट्रिय आधारभूत विद्यालय बालमन्दिर चैनामा अध्यनरत दृष्टिविहीन विद्यार्थीसँग जन्मदिन मनाए।
उनले दृष्टिविहीनलाई नगद ३० हजार सहयोग गर्नुका साथै खाना खुवाए। सरकारी संस्थाबाट पाउने मासिक पारिश्रमिक उनले दृष्टिविहीन बालबालिकालाई सहयोग गरेका हुन्।