राष्ट्रपति पौडेल र चिनियाँ राजदूतबीच भेटवार्ता

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि चिनियाँ राजदूत सोङ बुधबार पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
राजदूत सोङले राष्ट्रपति पौडेललाई बधाई दिँदे सफल कार्यकालको शुभकामना दिएका थिए। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।
राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यले भेटमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोको विषयमा छलफल भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
