सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १९३३ विन्दुमा पुग्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, नेप्से परिसूचक १९३३ विन्दुमा पुग्यो
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा दोहोरो अंकले गिरावट आएको  छ। नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.३० अंकले घटेर ३६३.९१ विन्दुमा अडिएको छ।

यसदिन २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९२९ रुपैयाँमा खरिदबिक्री भयो। ३० हजार ४८५ पटक कारोबार भयो।

दोहोरो अंकले ओरालो लागेको सेयर बजारमा १ मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट ब्रेक लागेको छ। माया खोला हाइड्रो पावरको सेयर मूल्य ९.९८  प्रतिशतले बढेको हो।

यस्तै सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ६.११ प्रतिशतले बढ‍्यो।

बोटलर्स नेपाल (राई)को सेयर मूल्य ७.६२ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा यसदिन नेपाल लाइफ इन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ९ करोड १९ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआईसी एसिया बैंकको ८ करोड २४ लाख र हिमालयन डिस्टीलरीको ४ करोड बढिको सेयर कारोबार भयो। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

डेभलपमेन्ट बैंक,फाइनान्स,होटल्स एन्ड टुरिजम, हाइड्रोपावर,लाइफ इन्स्योरेन्स,मनु एन्ड प्रो र नन लाइफ इन्स्योरेन्सको सेयर १ प्रतिशत बढिले घट्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.