धुमधामका साथ मनाइयो असनको पाँहाचह्रे जात्रा (फोटोफिचर)

धुमधामका साथ मनाइयो असनको पाँहाचह्रे जात्रा (फोटोफिचर)
तस्बिर : अभिशेक महर्जन
सुन्नुहोस्

काठमाडौं : नेवार समुदायको पाँहाचह्रे जात्राअन्तर्गत बुधबार काठमाडौंको असन जात्रा धूमधामका साथ मनाएको छ । 

हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात् भद्रकाली अजिमा,कङकेश्वरी अजिमा र टेबहाल अजिमालाई आ-आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलीले खट जात्रा गरी असन पुर्‍याएर जात्रा मनाउने परम्परा छ । तीन ठाउँबाट आएका अजिमा असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिलाख) साटासाट गरिन्छ ।

null

यही चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन रहिआएको हो । खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ जसलाई प्रसादको रूपमा लिइन्छ यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ ।  

null

असनमा चिलाख साटासाट गरेपछि तीनवटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ र यसदिन काठमाडौंको भित्री सहरमा परिक्रमा गरी यो जात्रा मनाउने गरिन्छ । यसै अवसरमा काठमाडौंका विभिन्न स्थानमा अन्य देवीदेवताको खट जात्रा गरी पाँहाचह्रे पर्व मनाउने चलन छ ।

nullnullnullnullnullnullnullnullnullnull


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.