मेयर कपः सुदूरपश्चिमले मेयर्स-११ लाई दियो १३८ रनको लक्ष्य

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं: सम्झना खड्काको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर कप ट्वान्टी २० मा आयोजक मेयर्स ११ लाई एक सय ३८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गु्माएर एक सय ३७ रनको योगफल तयार गर्यो।
सुदूरपश्चिमका लागि ४५ बलको सामना गरेकी सम्झनाले ६ चौकासहित ५१ रनको अविजित इनिङ खेलिन्। त्यसअघि कप्तान विन्दु रावल १८ तथा रुबी पोदार २८ रन बनाएर पेभेलियन फर्केकी थिइन्।
पाँचौं नम्बरमा क्रिजमा उत्रिएकी कविता जोशीले २८ बलमा दुई चौका र इनिङको एउटा मात्रै छक्कासहित अविजित २७ रन जोडिन्।
बलिङ तर्फ मेयर्स ११ की कृतिका मरासिनीले दुई तथा सोनी पाख्रिनले एक विकेट लिए।
आजै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र मधेश प्रदेश आमनेसामने हुनेछन्।
प्रतिक्रिया दिनुहोस !
