निसान गाडी किन्न नबिल बैंकको कर्जा

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।
बैंक र पायोनियबीचको सम्झौताअनुसार अब निसान गाडी खरिद गर्ने ग्राहकले नबिल बैंकबाट सजिलै कर्जा लिन सक्नेछन्।
सम्झौतापत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियरको तर्फबाट सहमहाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले हस्ताक्षर गरेका छन्।
नबिल बैंकका सबै २ सय ४८ शाखाबाटै कर्जा पाइने जनाइएको छ। कर्जामा इभी गाडीको खरिदमा बेसरेटमा ३.५० प्रतिशत र अन्यमा बेसरेटमा ५ प्रतिशत थप ब्याजदरमा ऋण उपलब्ध हुनेछ। बैंकका अनुसार २० प्रतिशत डाउन पेमेन्टमा ७ वर्षका लागि कर्जा पाइनेछ।
प्रतिक्रिया दिनुहोस !
