फोहोर व्यवस्थापनमा ज्योति विकास बैंकको सहयोग

काठमाडौं : ज्योति विकास बैंकले घान्द्रुक फोहोर व्यवस्थापनमा सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत घान्द्रुक पर्यटन व्यवस्थापन समितिलाई डस्टबिन प्रदान गरेको हो।
बैंकले अन्नपूर्ण गाउँपालिका वडा नं. १० र ११ लाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ। पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्ने उद्देश्यले डस्टबिन सहयोग गरेको बैंकले जनाएको छ।
बुधबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समितिका अध्यक्ष विक्रम गुरुङलाई डस्टबिन हस्तान्तरण गरेका हुन्।
त्यसैगरी, बैंकले घान्द्रुक घुम्न जाने पर्यटकलाई सवारीसाधनको भाडा भुक्तानीमा सहजता प्रदान गर्न जिप सञ्चालक समितिको संयोजकत्वमा जिप चालकलाई क्यूआर कोड पनि वितरण गरिएको छ। हाल बैंकले १ सय २१ शाखा, ३ विस्तारित काउन्टर र ७४ एटीएममार्फत सेवा दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
