भारतमा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

सुन्नुहोस्
Powered by
ONE
एजेन्सी : भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजायको फैसला सुनाइएको छ। सुरतको तत्लो अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो।
सन् २०१९ मा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीलाई लिएर अदालतमा मुद्दा दायर भएको थियो। सोही मुद्दामाथि बिहीबार सुनुवाइ गर्दै गान्धीलाई दुई वर्ष जेल सजाय सुनाएको हो।
अदालतले गान्धीलाई सजायविरूद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ। उजुरीकर्ताका वकिलहरूले गान्धीलाई अधिकतम सजायको माग गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
