अन्तर्राष्ट्रिय फुटबलबाट सुजलको सन्यास, अष्ट्रेलिया जाँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सुजलको सन्यास, अष्ट्रेलिया जाँदै
सुन्नुहोस्

काठमाडौं : नेपाली राष्ट्रिय फुटबलर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसुबकमा भावनात्मक पोस्ट गर्दै सुजलले उपयक्त समयमा सन्यास लिएको बताएका छन्।

'मेरा सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपालीफुटबल प्रेमीहरु माझ मेरो न्यानो नमन ११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छु,' सुजलले लेखेका छन्, ' केही खुसिका पल त केही दुःखका, कतै उपाधि त कतै निराश क्षणलगायत यी सबै तिता मिठा सम्झनाहरू मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो सन्यास घोषणा गर्दछु। यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो। मैले यो गर्व र जोशका साथ निर्वाह गरेँ। हालः राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरू धेरै क्षमतावान छन्।'

सुजलले नयाँ पुस्ताका खेलाडीले देशको झण्डा झुक्न नदिने विश्वास व्यक्त गर्दै राष्ट्रिय टिमसम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यावद दिएका छन्।

'म विस्वस्त छु कि भाइहरूले देशको झन्डा झुक्न दिनेछैन। अब पालो नयाँ पुस्ताको हो। सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए। साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुर्‍याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु,' उनले लेखेका छन्, 'मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो।'

लामो समय नेपालको प्रतिनिधित्व गरेका सुजल अस्ट्रेलिया उज्जव भविष्यको खोजीमा अस्ट्रेलिया जान लागेको बुझिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.