जगदम्बा जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक स्तब्ध

जगदम्बा जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक स्तब्ध
म्यान अफ दि म्याच सुनिल श्रेष्ठ।
सुन्नुहोस्

सिमराः भरतपुर फूटबल क्लबले जगदम्बा १३औं जीतपुरसिमरा गोल्डकपमा विजयी सुरुवात गरेको छ। आयोजक नव जनजागृति युवा क्लबबिरुद्ध उद्घाटन खेलमा जित हात पार्दै भरतपुरले प्रतियोगितामा सुखद सुरुवात गरेको हो। 

आयोजकलाई स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गर्ने क्रममा भरतपुरले ३–१ को जित निकालेको हो। भरतपुरको जीतमा सुनिल श्रेष्ठले दुई र भिष्म क्षेत्रीले एक गोल गरे। 

आयोजकका लागि ग्लोरीले एक गोल फर्काए। फ्लड लाईट मुनी भएको खेलको सातौं मिनेटमा भिष्मको गोलबाट चितवनले अग्रता लिएको थियो। आकाश थापा मगरको क्रसबलमा गोल गर्दै भिष्मले चितवनलाई सुरुवाती अग्रता दिलाएका थिए। 

घरेलु मैदान विपक्षी टिमको अग्रतालाई आयोजक खेलको ३३ औं मिनेटमा बराबरीमा ल्याएको थियो। चितवनका डिफेन्स सजिन थापा मगरले आयोजकका प्रज्वल थापा मगरलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै आयोजक खेल फर्किएको थियो। आयोजक टिमबाट खेलेका बिदेशी खेलाडी ग्लोरीले गोल गर्दै घरेलु समर्थकको खुशी फर्काएका थिए।

तर दर्शक र आयोजक टिमको खुशी धेरैबेर टिक्न सकेन्। खेलको ३७औं मिनेटमा चितवनका लागि सुनिल श्रेष्ठले अग्रता बढाएका थिए। पेनाल्टीमार्फत बराबरीमा फर्किएको आयोजकले चितवनलाई पनि पेनाल्टीको अवसर सुम्पिएको थियो। 

आयोजकका रतिश मगरले चितवनका सन्तबहादुर गुरुङलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा सुनिल श्रेष्ठले गोल गरेका थिए। भारतीय सेनामा कार्यरत सुनिलले आयोजकलाई गोलरक्षक रोहन मगरलाई कुनै अवसर दिएनन्। उनको प्रहारले सिधै जाली चुमेको थियो। 

खेलको पहिलो हाफमा २–१ ले अग्रता लिएको चितवनले दोस्रो हाफको इन्जुरी समयमा गोलअन्तर फराकिलो पारेको थियो। दोस्रो हाफमा आयोजकले खेलमा फर्कने केही राम्रो अवसर पाएपनि सदुपयोग गर्न सकेन्।

दोस्रो हाफमा थपिएको सात मिनेटको इन्जुरी समयको पाचौं मिनेटमा सुनिल श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ को स्थितीमा पुर्‍याएका थिए। सुनिल खेलको म्यान अफ दि म्याच घोषित भए। सुनिलले सिमरास्थित ज्योती विकास बैंकद्धारा प्रायोजित म्यान अफ दि  म्याच बापत १० हजार नगद प्राप्त गरे। 

प्रतियोगिता अन्तर्गत मोफसलका वीरगन्ज युनाईटेड क्लब र बागमती युवा क्लबबीच खेल हुनेछ। वीरगन्ज युनाईटेड बि डिभिजन र बागमती युवा क्लब सि डिभिजनको क्लब हो। 

यसअघि प्रतियोगिताको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व मन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका थिए। 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टील्स् प्रालिको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा ए डिभिजनका पाँचसहित १० टिमको सहभागिता रहेको छ। 

प्रतियोगितामा एनआरटी, नेपाल एपीएफ क्लब, चर्च ब्वाईज युनाइटेड, सातदोबाटो युथ क्लब, हिमालयन शेर्पा क्लब, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११, बागमती युवा क्लब, भरतपुर फूटबल क्लब र आयोजक सहभागी हुनेछन्। चैत्र १८ गते संचालन हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख प्राप्त गर्नेछन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.