मेयर कप : सुदूरपश्चिमलाई एपीएफले दियो १२२ रनको लक्ष्य

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : सिता राना मगरको अविजित अर्धशतकप्रेरित सशस्त्र प्रहरी बलको एपीएफ क्लबले मेयर कप ट्वान्टी २० क्रिकेट प्रतियोगितामा शुक्रबार सुदूरपश्चिम प्रदेशलाई एक सय २२ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एपीएफले दुई विकेट गुमाएर एक सय २१ रनको योगफल तयार गर्यो। एपीएफका लागि ५९ बलको सामना गरेकी सिताले सात चौकासहित ५२ रनको उत्कृष्ट इनिङ खेलिन्।
यस्तै,इन्दु बर्मा ३७ बलमा पाँच चौकासहित ४५ रन बनाएर पेभेलियन फर्किँदा ज्योति पाण्डेले १३ तथा ममत चौधरीले तीन रन योगदान गरे।
सुदूरपश्चिमका लागि इश्वरी विष्टले एक विकेट लिनुबाहेक अन्य ब्याटर विकेटविहीन रहे।
एपीएफले बिहीबार भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको थियो। यस्तै,सुदूरपश्चिमले मेयर्स ११ लाई ५१ रनले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !
