बीवाईडी अटो र प्रभु बैंकबीच सम्झौता

काठमाडौं : बीवाईडी अटो इन्डस्ट्रिज कम्पनी र प्रभु बैंकवीच फाइनान्सिङको लागि सम्झौता भएको छ। वीवाईडी अटोको नेपालका लागि आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले विद्युतीय सवारीमा सहज फाइनान्सिङको व्यवस्था गरेको हो।
यस सहकार्यपछि बीवाईडीका डिलरबाट सवारीसाधन किन्ने खरिदकर्ताले प्रभु बैंकबाट सजिलै ८० प्रतिशतसम्म कर्जा पाउनेछन्।
कर्जा पाँच वर्षसम्मको हुने बैंकले जनाएको छ। बैंकका ३ सय ६५ शाखा, ७१ एक्सटेन्सन काउन्टर र ३ सय ९ एटीएम रहेका छन्। साइमेक्सले स्पोर्टी इलेक्ट्रिक एसयूभी वीवाईडी अटो ३ को ६४ लाख ९० हजार र वीवाईडी अल न्यु ई ६ को ५९ लाख मूल्य तोकेको छ।
प्रतिक्रिया दिनुहोस !
