मुलुकभर मिटर ब्याजीको डरलाग्दो जालो : मधेश प्रदेशमा सबैभन्दा बढि उजुरी,काठमाडौंमा समेत बिगबिगी

मुलुकभर मिटर ब्याजीको डरलाग्दो जालो : मधेश प्रदेशमा सबैभन्दा बढि उजुरी,काठमाडौंमा समेत बिगबिगी
फाइल तस्बिर।
सुन्नुहोस्

प्रहरी स्रोतले अन्नपूर्णलाई उपलब्ध गराएको पछिल्लो विवरणमा  २०७८ बैशाख १ गतेदेखि २०८९ चैत्र ३ गतेभित्र १३ सय ३७ उजुरी परेको उल्लेख छ।

काठमाडौं : देशभर एक वर्षको अवधिमा मिटर ब्याजीविरूद्ध १३ सय ३७ उजुरी परेको पाइएको छ। प्रहरी स्रोतले अन्नपूर्णलाई उपलब्ध गराएको पछिल्लो विवरणमा  २०७८ बैशाख १ गतेदेखि २०८९ चैत्र ३ गतेभित्र १३ सय ३७ उजुरी परेको उल्लेख छ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट १२ सय ८१ र प्रहरी कार्यालयबाट ५६ गरी कूल १३ सय ३७ उजुरी परेको प्राप्त विवरणमा उल्लेख छ। १३ सय ३७ उजुरीमध्ये २०० मा मिलापत्र गरिएको छ भने बाँकी ११ हजार ७ प्रक्रियामा रहेको पाइएको छ।

सातवटै प्रदेशमा ३० वटा जाहेरी दर्ता भएको छ। देशभरबाट मिटरब्याजी १८ पुरूष र ८ महिला गरी कूल १६ जना पक्राउ परेको विवरणमा उल्लेख छ।

प्रहरीका एक उच्च अधिकारीले अन्नपूर्णलाई भने,'उजुरी भएकामाथि अनुसन्धान गर्दैछौं र देशभर मिटर ब्याजीको खोजि समेत जारी राखेका छौं।' मुलुकभर मिटर ब्याजीले सर्वसाधरणलाई दु:ख दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मिटर ब्याजी पीडितका समस्या समाधान गर्न गृहसचिवलाई निर्देशन दिएका छन्।

गण्डकीबाहेक ६ वटै प्रदेशमा मिटरब्याजीको जालो फिजिएको पाइएको छ।  जसमध्ये कोशी प्रदेशमा १,मधेशका ८,बागमतीका ५, लुम्बिनीका ३, कर्णालीका २, सुदूरपश्चिमका २ जिल्लामा मिटरब्याजीबिरूद्ध उजुरी परेको पाइएको छ। यस्तै,काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पनि मिटरब्याजीविरूद्ध उजुरीका चाङ देखिएका छन्।

कोशी प्रदेशको  सुनसरीमा मिटरब्याजीविरूद्ध ४२ उजुरी परेको पाइएको छ। जसमध्ये ३ उजुरीमा मिलापत्र भइसकेको छ भने ३९ पक्रियामा छन्।  मिटर ब्याजीको आरोपमा दुई पुरूष र दुई महिला गरी ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मधेश प्रदेशको बारामा ४९ उजुरी परेका छन्। जसमध्ये १५ मिलापत्र र ३४ उजुरी प्रक्रियमा रहेका छन्। रौतहटमा ८० जनाविरूद्ध उजुरी परेकोमा ८ मा मिलापत्र भइसकेको छ। ७२ प्रक्रियामा रहेका छन्। 

यस्तै सर्लाहीमा उजुरी परेका १० मध्ये ५ मा मिलापत्र गरिएको छ । यहाँ  ४ जनालाई मिटरब्याजीको आरोपमा पक्राउ गरिएको छ। यहाँ ५ उजुरी दर्ता भएका छन्।  सिरहामा ४४ जनाविरूद्ध उजुरी परेको छ।  जसमध्ये २ मा मिलापत्र गरिएको छ भने बाँकी ४२ प्रक्रियामा रहेको पाइएको छ।

सप्तरीमा २२५ उजुरी परेको पाइएको छ। उजुरी परेकामध्ये २५ वटा मिलापत्र गरिएको छ भने बाँकी २०० प्रक्रियामा रहेका छन्। यहाँ २ जना मिटरब्याजी पक्राउ परेको प्रहरीले जनाएको छ।

यस्तै, पर्सामा ७२ उजुरी परेकोमा ९ मा मिलापत्र भएको र ६२ प्रक्रिया रहेका छन्। १ उजुरी दर्ता भएको छ। धनुषामा ७१ उजुरी परेका छन्। जसमध्ये ५४ उजुरीमा मिलापत्र गरिएको छ। धनुषामा एकजना मिटरब्याजी पक्राउ परेका छन्।

मधेश प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा बढि उजुरी परेको पाइएको छ। यहाँ मिटरब्याजीविरूद्ध २८३ उजुरी परेका छन्। जसमध्‍ये १० मा मिलापत्र गरिएको छ भने बाँकी २५५ प्रक्रियामा रहेका छन्। यहाँ १८ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
महोत्तरीबाट दुईजना पक्राउ परेका छन्।

यस्तै बागमती प्रदेशको चितवन जिल्‍लामा २३ जनाविरूद्ध उजुरी परेको छ। जसमध्ये १ मा मिलापत्र गरिएको छ भने २२  प्रक्रियामा रहेका  छन्। मकवानपुरमा २६ उजुरी परेकोमा २ मा मिलापत्र गरिएको छ भने बाँकी २४ प्रक्रियामा छन्।

दोलखामा १ मात्रै उजुरी परेको पाइएको छ। सो उजुरी दर्ता भइसकेको प्रहरीले जनाएको छ। दोलखामा १ जना मिटरब्याजी पक्राउ परेका छन्। यस्तै, काभ्रेमा १७ वटा उजुरी परेको पाइएको छ भने धादिङमा ६ उजुरी परेकोमा १ मा मिलापत्र गरिएको छ।

लुम्बिनी प्रदेशको रुपन्देहीमा ४४ उजुरी परेका छन्। नवलपरासी पूर्वमा १५७ जनाविरूद्ध उजुरी परेको छ। जसमध्‍ये ५३ मा मिलापत्र गरिएको छ भने १०४ उजुरी प्रक्रियामा रहेका छन्। यहाँ ३ जना मिटरब्याजी पक्राउ परेका छन्। यहाँ २ उजुरी दर्ता भएका छन्। कर्णाली प्रदेशको सल्यानमा ११ उजुरी परेका छन्। सु्र्खेतमा ११ उजुरीमध्ये ९ प्रक्रियामा रहेको र २ मा मिलापत्र गरिएको  छ।

सुदूरपश्चिमको कैलालीमा ७ उजुरी परेकोमा १ मा मिलापत्र भएको छ। कञ्चनपुरमा  २ उजुरीमध्ये १ मा मिलापत्र गरिएको छ। कञ्चनपुरमा दुईजनालाई मिटरब्याजीको आरोपमा पक्राउ गरिएको छ।

यस्तै उपत्यकामा सबैभन्दा बढि काठमाडौंमा मिटरब्याजीविरूद्ध १३२ उजुरी परेका  छन्। जसमध्ये ४ मा मिलापत्र गरिएको छ भने बाँकी प्रक्रियामा रहेका  छन्। काठमाडौंमा ६ जना मिटरब्याजीलाई पक्राउ गरिएको प्रहरीको तथ्यांकमा उल्लेख  छ। ललितपुरमा ११ उजुरी परेकोमा १ मा मिलापत्र गरिएको छ। भक्तपुरमा २ उजुरी परेका छन्।  काठमाडौं र ललितपुरमा १/१ उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.