मैले चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति हुन सक्थे : माधव नेपाल

मैले चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति हुन सक्थे : माधव नेपाल
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एसको हैसियतलाई कमजोर नठान्न आग्रह गरेका छन् । राजधानीमा आयोजित पार्टी निकट भूतपूर्व सैनिक तथा प्रहरीको बैठकमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एसका अध्यक्ष नेपालले आफूहरूको भूमिकालाई कम नआँक्न आग्रह गरेका हुन् ।

नेपालले भने,‘नेपालको राजनीतिमा जहिले पनि कोर्स करेक्सन गर्न हामीले भूमिका खेल्यौं । हाम्रो हैसियतलाई कसैले कम आँक्ने काम नगरुन् । हाम्रो शक्ति १० वटा भएपनि हामी निर्णायक हुन सक्छौं । प्रधानमन्त्री ज्यू ख्याल रहोस् तपाईसँग १० वटा पार्टी छन् । म २२ वटा पार्टी मिलाएर झण्डै २ वर्ष मुलुक चलाएँ। हामीले चाहेको भए कोर्स चेन्ज गरेर राष्ट्रपति हुन सक्थ्यौं । त्यस्तो गरेको भए धोकेबाज त हुन्थ्यौं होला । इज्जत र प्रतिष्ठाभन्दा ठूलो कुरा केहि होइन । ’

नेपालले नेपालको राजनीतिले एउटा दिशा समातेको बताए । नेपालले भने,‘अहिले पनि राजा आउ देश बचाउ भन्नेहरू छन्,राजतन्त्र पुर्नस्थापनाको कुरा आइरहेको छ । के नेपालमा कुनै राजा गतिला छन् ? भ्रष्टाचारबाट मुक्त छन्, जोगी सन्यासी भएर आएका छन् ? दारी पालेको देखेकोलाई जोगी नभन्नुहोला भोगी हुन् । त्यागी हुनुहुन्छ भने नेपालको राजनीतिक विकृति हल गर्न सँगै जाऔं । सुशासन कायम गर्न लागौं । ’

देशको राजनीतिक कोर्स जहिले पनि परिवर्तन हुने गरेको उनले बताए । नेपालले भने,‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि महत्वपूर्ण भूमिका खेलेका हौं । राजतन्त्र उन्मुलन गरेर देशको राजनीतिक कोर्स चेन्ज गर्‍यौं । पार्टी एकताको लागि त्याग गर्न तयार हुनुपर्छ । विभिन्न पार्टीविरुद्ध गलत प्रवृत्ति रोक्न जुध्नै पर्छ । समाजलाई परिवर्तन गर्न कम्युनिस्ट पार्टी चाहिएको छ । समाजवाद युद्ध चाहिने व्यवस्था होइन । समाजवाद सबैभन्दा उत्कृष्ठ व्यवस्था हो । ’

नेपालले पार्टी भित्रको आन्तरिक कमजोरीले चौथो स्थानमा खुम्चिनुपरेको बताए । नेपालले भने, ‘अहिलेको निर्वाचनमा हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचनको हिसाबमा भन्ने हो भने चौथो स्थान हाँसिल गरेको छ । समानुपातिक समेतको जोड्दा भने हाम्रो पार्टी हाम्रै कारणले सातौं स्थानमा छ । थ्रेस होल्ड पार गर्न गाह्रो हुने थिए । हामीसँग एक लाख ३६ हजार संगठित सदस्य छन् । एक सदस्यले तीनजनालाई मात्रै मोटिभेट गर्न सकेको भए थ्रेस होल्ड कट्न गाह्रो पर्थेन । अलिकति मिहिनेत गरेको भए जसपा,राप्रपा र रास्वपालाई जित्ने थियौं । ’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.