७० लाख चोरी गरेको आरोपमा खल्ती वालेटका दुई कर्मचारी प्रहरी नियन्त्रणमा

काठमाडौं : रकम ठगी गरेको आरोपमा खल्ती वालेटका दुईजना कर्मचारी प्रहरीले पक्राउ गरेको छ। ग्राहकको खातामा जम्मा भएको ७० लाख रकम ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
खल्ती एपमा पठाएको रकम हराउने र फिर्ता नआउने गरेको गुनासो आएपछि प्रहरीले अनुसन्धान थालेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले खल्ती वालेटका दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको हो । ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार प्रक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलालीका दिनेश स्वार रहेका छन् ।
थापाले भने , ‘पक्राउ परेका व्यक्ति डिजिटल वालेट खल्ति एपका कर्मचारी भएको पुष्टि भएको छ । उनीहरूले सेवाग्राहीको खातामा होल्ड भएको रकम आफ्नो खातामा पठाउने र तत्कालै निकाल्ने गरेको पाइएको छ।'
७० लाख ठगी गरेको घटनाको अनुसन्धान भइरहेको र अन्य केही कर्मचारी पनि संग्लन हुनसक्ने सीआइवीले जनाएको छ । प्रवक्ता थापा भन्छन्, ‘खल्ती एपमा पठाएको रकम हराउने र फिर्ता नआउने गरेको गुनासो आइरहेको थियो । यसैक्रममा कर्मचारी नै संग्लन भएर सेवाग्राहीको रकम निकालेको पाइएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको थापाले बताए।
प्रतिक्रिया दिनुहोस !
