बागमती सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्री जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने

बागमती सरकारबाट बाहिरियो एमाले, मुख्यमन्त्री जमकट्टेललाई कांग्रेसले विश्वासको मत दिने
मुख्यमन्त्री शालीकराम जमकट्टेल। फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा शालीकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ। कांग्रेसले मुख्यमन्त्री जमरकट्टेललाई विश्वासको मत दिने बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बताए। 

त्यस्तै नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। उसले सरकारबाट बाहिरिने निर्णयसमेत गरेको छ। 

प्रदेश सभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता जगननाथ थपलियाले आफ्नो पार्टी सरकारबाट बाहिरिएको जानकारी गराए। 

मुख्यमन्त्री जमकट्टेलले आज दोस्रोपटक विश्वासको मत लिँदैछन्। २५ पुसमा माओवादी केन्द्रका नेता जम्कट्टेलको नेतृत्वमा बनेको सरकारमा एमालेसहितका पाँच दल सहभागी भएका थिए। 

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी यसअघि नै सरकारबाट अलग भइसकेको छ। गत फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट राप्रपा अलग भएपछि जम्कट्टेलले यही चैत ८ गते प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको थियो। 

नेपाली कांग्रेस सहभागी नभएपछि उक्त दिन अबेर विश्वासको मत लिने कार्यक्रम आजका लागि लागि सारिएको थियो। 

मुख्यमन्त्री जम्कट्टेलले संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्। 

बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल नेकपा (एमाले) सहित नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी पाँच दलका ७० प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेल नेतृत्वको सरकारलाई गत माघ ३ गते ठूलो दल कांग्रेसले समेत विश्वासको मत दिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.