झापा,मोरङ र सुनसरी क्षयरोग संक्रमणको उच्च जोखिममा

झापा,मोरङ र सुनसरी क्षयरोग संक्रमणको उच्च जोखिममा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा  : कोशी प्रदेशका तीन जिल्ला क्षयरोगको संक्रमण उच्च जोखिममा रहेको छ । विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य निर्देशनालय धनकुटाले शुक्रबार भद्रपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले कोशी प्रदेशका झापा,मोरङ र सुनसरी क्षयरोगको संक्रमण उच्च जोखिम रहेको बताएका छन् । 

हरेक वर्ष क्षयरोगीको संस्था बढ्ने क्रममा छ । आर्थिक २०७७/७८ मा झापामा ९९२, मोरङमा ९६२ र सुनसरीमा ८८९ नयाँ बिरामी फेला परेको थियो । आर्थिक २०७८/७९ मा झापामा ११८३, मोरङमा १२६२ र सुनसरीमा १०६० बिरामी फेला परेको अधिकृत श्रेष्ठले बताए ।

बर्सेनि करिब १७ हजार नेपाली क्षयरोगले मृत्यु हुने गरेको अनुमान छ।

क्षयरोगीहरूको उमेर समूह धेरैजसो उत्पादक उमेर समूह अर्थात् १५ देखि ४९ वर्ष हुने गर्दछ । नेपालमा क्षयरोगको उपचारका लागि ४३२१ डट सेवा केन्द्रहरू रहेका छन् । सन् २०१६ सम्मा ४५ जिल्लामा मात्र रहेको जिन एक्सपर्ट सुविधा सन् २०२१ सम्मा ७७ वटै जिल्लामा लाने नेपाल सरकारले लक्ष्य लिएको थियो तर कोभिडको महामारी र विषम परिस्थितिका कारणले अपेक्षाअनुरूप यो लक्ष्य पुरा भइसकेको छैन । यस प्रविधि क्षयरोग पत्ता लगाउन धेरै भरपर्दो र गुणस्तरीय मानिन्छ । 

यता झापाका १५ वटा पालिकामध्ये मेचीनगर, दमक र बिर्तामोड क्षयरोग संक्रमणको जोखिम पालिकामा पर्छ । चालु आर्थिक वर्ष २०७९/०८० को फागुनसम्म मेचीनगरमा ११७, दमकमा ८९, बिर्तामोडमा ७६, भद्रपुरमा ६५, अर्जुनधारामा ५४ नयाँ बिरामी फेला परेको तथ्याङ्कमा छ । आर्थिक वर्ष ०७८/७९ मा जिल्लामा १४ जनाको क्षयरोगबाट मृत्यु भएको थियो ।  

भद्रपुरमा डिआर सेन्टर स्थापना 

स्वास्थ्य निर्देशनालय धनकुटाले भद्रपुर–८ स्थित क्षयरोग निवारण संस्थामा डिआर सेन्टर सञ्चालनमा ल्याएको छ । प्रादेशिक अस्पताल भद्रपुरको पहलमा स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवसको सन्दर्भमा पारेर डिआर सेन्टर सञ्चालनमा ल्याएको हो । 

यसअघि कोशी प्रदेशमा विराटनगर,धरान र ओखलढुङ्गामा डिआर सेन्टर सञ्चालनमा आइसकेको छ । साबिक मेची अञ्चलका झापा, इलाम, पाँचथर र ताप्लेजुङका क्षयरोगी बिरामीको सेवा सुविधालाई मध्यनजर गरी डिआर सेन्टर सञ्चालनमा ल्याएको हो । 

डीआर सेन्टर सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री र उपकरण स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको छ भने प्रादेशिक अस्पतालले चिकित्सकसहितको जनशक्ति खटाएको जनाइएको छ । डीआर सेन्टर सञ्चालनमा आएसँगै औषधि प्रतिरोधी क्षयरोग बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने प्रादेशिक अस्पतालका मेसु डा.टंकप्रसाद बाह्रकोटीले जानकारी दिए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.