आईजीपीमा नियुक्त कुँवरले भेटे प्रधानमन्त्री प्रचण्ड

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका बसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेका छन्।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आईजीपी कुँवरलाई प्रधानमन्त्रीले बधाई दिएका थिए। उनले कार्यकाल सफलताको शुभकामनासमेत दिएका थिए।
आज बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई प्रहरी प्रमुखको जिम्मेवारी सुम्पेको थियो। धिरजप्रताप सिंहले आजबाटै अवकास पाउने भएपछि सरकारले कुँवरलाई नयाँ आईजीपीमा नियुक्त गरेको हो।
प्रतिक्रिया दिनुहोस !
