कर्णालीका जनप्रतिनिधिको गुनासो- दूरसञ्चार सेवा गुणस्तरीय नहुँदा सेवा प्रवाहमा समस्या

कर्णालीका जनप्रतिनिधिको गुनासो- दूरसञ्चार सेवा गुणस्तरीय नहुँदा सेवा प्रवाहमा समस्या

वीरेन्द्रनगर : कर्णाली प्रदेशका जनप्रतिनिधिहरूले कर्णालीमा दूरसञ्चार सेवा प्रभावकारी नहुँदा सेवा प्रवाहमा समस्या भएको बताएका छन्। उनीहरूले विभिन्न सेवा प्रदायक संस्थाहरूले प्रदान गरेका दूरसञ्चार सेवाहरूको गुणस्तरमा प्रश्न उठाउँदै दूरसञ्चार सेवाकै कारण सार्वजानिक निकायले प्रदान गर्ने सेवाहरु प्रवाह गर्न समस्या भएको बताएका हुन्। 

नेपाल दूरसञ्चार प्राधिकरणले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी सेवा प्रदायक संस्था तथा सरोकारवालाहरूबीच अन्तर्क्रिया कार्यक्रममा सहभागी प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले दूरसञ्चार सेवा प्रवाह गर्दा नागरिकहरू लुटिएको भन्दै सेवा प्रदायक संस्थाहरूको आलोचना गरे। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले भने, 'मुख्यमन्त्रालयमा आफूले कुनै पेजहरू खोल्दा सेलरोटी घुमेजस्तै घुमिरहन्छ। मन्त्रालयले टेलिकमले तोकेअनुसारको शुल्क तिरेकै छ। खर्च पनि भएकै छ। तर सेवा लिन निकै सास्ती खेप्नुपर्छ।' 
 

दूरसञ्चार सेवाको विषयमा अनुगमन निरिक्षण गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले के हेरेको छ। यसको भूमिका के हो?,' उनले प्रश्न गर्दै भने, 'प्रदेशको राजधानी सुर्खेतमा त इन्टरनेट सेवाको हालत यस्तो छ। कर्णालीका विकट बस्तीहरूमा नागरिकले कसरी सेवा लिन सक्छन्। उनले भने, 'इन्टरनेटसम्बन्धी प्राविधिक कुरा हामीलाई जानकारी हुँदैन। आज मर्मत गर्‍यो। केही दिनमा फेरि बिग्रिन्छ। कर्णालीमा इन्टरनेट सेवाका नागममा सेवा प्रदायक संस्थाहरूले हामीलाई लुटिरहेका छन्। के कर्णालीका हरेक नागरिकले सहज रुपमा गुणस्तरीय दूरसञ्चार सेवा लिनका लागि सबैले आइटी पढ्नै पर्ने हो त? उनले कर्णालीमा हुने यो समस्या समाधानका लागि आवश्यक सुधार गर्न पटक-पटक सम्बन्धित निकायमा धाएको छु। तर सुधार हुँदैन।'

त्यस्तै कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीका विकट जिल्लामा स्थानीय नागरिकहरू टेलिफोन सेवाबाटै वञ्चित हुनुपरेको बताए। उनले भने, कर्णालीमा सतप्रतिशत नागरिकहरुले टेलिफोन सेवा पनि पाएका छैनन् । अहिले बिज्ञान र प्रबिधिको युग भनिएको छ । तर यहाँका नागरिकहरु फोन समेत गर्न सदरमुकाम धाउनुपर्ने अवस्था कायमै छ । यसको अन्त्य गर्न प्राधिकरणको भुमीका आबश्यक छ । कार्यक्रममा उद्योग पर्यटन वन तथा बाताबरणमन्त्री जितबहादुर मल्लेले कर्णालीमा अहिले पनि टेलिफोन गर्नका लागि डाँडामा जानुपर्ने समस्या रहेको बताए । उनले भने, कर्णालीका मुगु, हुम्ला लगायतका दुर्गम जिल्लाका केही पालिकाका नागरिकहरु अहिले पनि टेलिफोन गर्नका लागि अग्लो ठाँउ(डाँडा) खोजेर जानुपर्ने समस्या छ । घरका पनि कुनै कोठाको झ्याल नजीक किला ठोकेर मोबाईल झुण्डाउनुपर्ने समस्या छ । यो समस्या समाधान गर्नका लागि सम्बन्धित निकायको ध्यान जानुपर्छ । 

कार्यक्रममा नगरपालिका महासंघका केन्द्रीय सदस्य एवं कालिकोटको तिलागुफा नगरपालिका प्रमूख संकरप्रसाद उपाध्यायले दूरसञ्चार सेवा प्रदान गर्ने सेवा प्रदायक संस्थाहरुले इन्टरनेट सेवाका नाममा लुट्ने गरेको बताए । उनले भने, नेपाल टेलिकम, एनसिएल, वल्डलिंक लगायतका सेवा प्रदायक संस्थाहरुले नागरिकलाई लुटिरहेका छन् । गाँउमा फोन सुनिदैन तर पैसा काटिहाल्छ । डाटा लियो नेट चल्दैन तर पैसा काटिहाल्छ । नगरपालिकामा पनि इन्टरनेट सेवाले काम नगर्दा उपभोक्ताले गरेको कामको भुक्तानी लगायतका सेवाहरु दिन ढिलाई हुने समस्या छ । असरा मसान्तको समयमा त इन्टरनेट नचलेर धेरै विकास आयोजनाहरुको भुक्तानी गर्न नसकिएर रकम फ्रिज हुने समस्या छ । तिलागुफा नगरपालिकामा मात्र नेपाल टेलिकमका चार वटा टावरहरु बर्षौँदेखी निर्माण नभएर अलपत्र अवस्थामा छन् । स्थानिय सरकारको कम्जोरी नहुँदा पनि जनताको गाली हामीले खाईरहेका छौँ ।

कार्यक्रममा नेपाल बिद्युत प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले कर्णालीमा दूरसञ्चार सेवामा देखिएका समस्या सुधार गर्नकै लागि यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, हामीले कर्णालीमा दुर संचार सेवामा रहेका समस्याहरुका बारेमा जानकारी लिने, सेवा प्रदायक संस्थाहरु र सेवा ग्राहीहरुबीच समन्वय गरी समस्या समाधान गर्न पहल गर्ने, दूरसञ्चार सेवाको अवस्थाका बिषयमा छलफल गर्ने, सेवाको गुणस्तर सुधार गर्न भाबी योजनाका बिषयमा छलफल गर्नका लागि यो कार्यक्रम गरिएको हो । यो समस्याका बिषयमा हामी गम्भीर रुपमा सुधारका लागि पहल गर्छौँ । प्राधिकरणले भाबी दिनहरुमा कर्णालीमा दूरसञ्चार सेवा नपुगेका ठाँउहरुको पहिचान गरी सेवा बिस्तार गर्ने योजना छ । निर्देशक घिमिरेले भने,  सेवा पुगेका ठाँउमा सेवाको गुणस्तर बृद्धि गर्न पहल गर्ने, सेवाको बिषयमा अनुगमन निरिक्षण गर्ने, कर्णालीका सार्बजानिक, धार्मिक तथा पर्यटकिय स्थलहरुमा फ्रि वाईफाई सेवा पुगाउने, ७७ वटै जिल्ला र सबै पालिकाका केन्द्रहरुमा अप्टीकल फाईबर बिछ्याउने कार्य द्रुत गतिमा गर्न पहल गर्ने काम गछौँ । स्पष्ट कुरा सुनिने, कुरा गर्दा नकाटिने, अरुको कुरा सुनिने, सिग्नल प्राप्त भईरहने, सबै स्थानमा बिना अबरोध कुरा हुन सक्ने, तोकियको भन्दा बढी महसुल नकट्ने गरी मोबाई सेवाको गुणस्तर कायम गराउन पनि पहल गछौँ । 


नेपाल दूरसञ्चार प्राधिकरणले सुर्खेतमा आयोजना गरेको अन्तरक्रियामा सहभागी सरोकारवालाहरु । तस्बिर ः बिस्नप्रसाद न्यौपाने ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.