सहकारीद्वारा कृषि एम्बुलेन्स सञ्चालन

सहकारीद्वारा कृषि एम्बुलेन्स सञ्चालन
सुन्नुहोस्

बागलुङ : बागलुङको एक सहकारीले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ। काठेखोला गाउँपालिका-४ तंग्रामको बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले एउटा गाडी खरिद गरि कृषि एम्बुलेन्सको रुपमा संचालनमा ल्याएको हो। 

उक्त गाडीलाई सहकारीका शेयर सदस्यले उत्पादन गरेका तरकारी र खसी बोकाहरु बजारीकरणमा प्रयोग गर्ने सहकारीका अध्यक्ष लिलाकुमारी पुनले बताइन्। 

हेफर इन्टरनेशनल नेपाल र सहकारीको संयुक्त लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको अध्यक्ष पुनले बताइन्। उनले हेफरको १२ लाख ५० हजार र सहकारीको १२ लाख ५०  हजार गरी २५ लाख रुपैयाँमा सवारी खरिद गरिएको बताए। उक्त गाडीको मंगलबार काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले चलाएर उद्घाटन गरेका थिए।

एम्बुलेन्स मार्फत सहकारीका शेयर सदस्यले उत्पादन गरेका तरकारी र खसीबोकाहरु बजारी गरिने अध्यक्ष पुनले बताइन्। ‘सहकारीले शेयर सदस्यहरुले उत्पादन गरेका तरकारी र खसीबोकाहरु बजारीकरण गर्दै आएको छ,’ अध्यक्ष पुनले भनिन्,‘हामीले पहिले अन्य सवारीहरु मार्फत बजारमा खसीबोकाहरु पढाउँदै आएका थियौं। अब आफ्नै कृषि एम्बुलेन्स मार्फत पढाउँछौं।’

सहकारीले बजारको माग बमोजिम खसीबोकाहरु दैनिक बागलुङ बजारमा पढाउँदै आएको अध्यक्ष पुनको भनाइ छ। उनले मासिक ६, ७ ओटा खसीबोकाहरु बागलुङ बजारमा पढाइरहेको बताइन्। सहकारीले शेयर सदस्यहरुले पालेका खसी बोकहरु जिदो खरिद गरी सहकारीलाई ५ रुपैयाँ राखेर २५ केजी माथिका खसी बोकालाई प्रति केजी ५ सय ५० र २५ केजी तलकालाई ५ सय ४० रुपैयाँमा विक्री गर्दै आएको छ।

सहकारीमा ६ सय ११ जना शेयर सदस्य रहेको अध्यक्ष पुनले जानकारी दिइन्। सहकारीले हेफर इन्टरनेशनल नेपाल र विवाइसी बागलुङको प्राविधिको सहयोगमा कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ८ ओटा मिनिटेलर हलो वितरण गरेको छ। अध्यक्ष पुनले हेफरको २५ हजार र कृषकको २५ हजार रुपैयाँमा ८ जना कृषकलाई मिनिटेलर हलो हस्तान्तरण गरेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.